मूल खबर

लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदले ग¥यो निणर्य

ललितपुर । कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले जारी लकडाउन जेठ आगामी जेठको ५ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो ।

यसअघि मंगलबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकले लकडाउन थप्नु पर्ने सुझाव दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ‌ओलीको उपस्थितिमा बसेको बैठकमा लकडाउनको मोडालिटीबारे प्रस्ताव समेत ल्याइएको थियो।

उता प्रधानमन्त्री ओलीले भारतमा समेत कोरोना संक्रमण बढिरहेकाले तत्काल खुकुलो पार्न नसकिने बताउदै आउनुभएको थियो । नेपाल सरकारले चैत्र ११ गतेबाट लकडाउनको घोषणा गरेको थियो । आज लकडाउन घोषणा भएको ४४ दिन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button