इटहरी । सुनसरीको इटहरीमा हात्ती आत्रमणबाट एक महिला घाईते भएकी छिन । इटहरी २० पानीपिया क्षेत्रमा तरहराकी बस्ने दुर्गा चौधरीलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
निगुरो खोज्ने क्रममा उनलाई हात्तीले आक्रमण गरि घाईते बनाएको र दुर्गाको उपचारको लागि धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । उनको हातको उप्रेशन गर्नु पर्ने भएको प्रहरीको बताएको छ ।सञ्चारपाटी



