खेलकुद

दोस्रो सेसनमै बार्सिलोनाका उम्टिटी घाइते

एजेन्सी – प्रशिक्षणमा फर्केको दोस्रो सेसनमै बार्सिलोनाका सामुइल उम्टिटी घाइते भएका छन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिएपछि युरोपियन फुटबल स्थगित भएको थियो । स्पेनिस लिग सुरु हुने मिति तय भइनसकेपछि प्रशिक्षण भने सुरु भएको थियो ।

बार्सिलोनाको दोस्रो सेसनमा उम्टिटी घाइते भएका छन् । सन् २०१६ मा बार्सिलोना पुगेका उम्टिटीले त्यसयता अनेक कारणले सबै खाले प्रतियोगितामा गरि ५८ खेल गुमाइसकेका छन् । उनको मुख्य समस्या भनेको घुँडाको चोट रहने गरेको छ ।

उम्टिटीको दायाँ खुटाको पिडौलामा चोट लागेको उल्लेख गर्दै क्लबले उनी चाँडै उपलब्ध हुने विश्वास गरेको छ । बार्सिलोनाले अर्को सिजनका लागि विक्री गर्ने खेलाडीको सुचीमा उनलाई पनि राखेको बताइएको छ । पटक पटकको चोटका कारण उनले आफ्नो लयमा प्रदर्शन गर्न सकेका छैनन् । यो सिजन उनले १६ खेल मात्र खेलेका छन् ।

बार्सिलोनाले उनलाई विक्री गर्ने वा अन्य कुनै खेलाडीसँग सट्टा गर्ने योजना बनाएको छ । चोटको खतरा कम गराउनका लागि बार्सिलोनाले प्रशिक्षणमा सचेतना अपनाएको छ । विस्तारै प्रशिक्षणलाई कडा बनाउँदै लगिने योजना रहेको बताइएको छ । आइतबार भने प्रशिक्षण हुने छैन।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button