खबर

कालापानीमा चीन फ्याक्टर

काठमाडौं – नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानी समस्यामा ‘चीन फ्याक्टर’ महत्त्वपूर्ण रहेको छ ।

पूर्वराजदूत मधुरमण आचार्यले लिपुलेक, लिम्पियाधुरा, कालापानीको सीमा समस्यामा चिनियाँ फ्याक्टर भुल्न नहुने बताए ।

उनले भने, ‘के चीनको सहमतिमा भइरहेको छ, त्यो सोचनीय विषय छ ।’ आचार्यले लिपुलेक भारतको मात्र होइन, चीनको पनि रणनीतिक स्वास्र्थ रहेको हुन सक्ने बताए ।

चीनले यो मार्गलाई दक्षिण एसियाको प्रवेशको मार्गका रुपमा हेरेको हुन सक्ने औंल्याए ।

‘यही बेला भारतको पूर्वी सीमा नाथुलामा भारत–चीनको गोली हानाहान हुन्छ, यता लिपुलेकमा भारतका रक्षामन्त्रीले सडक उद्घाटन गर्छन्, लिपुलेक विषयमा चीन बोल्दैन,’ उनले प्रश्न गर्दै भने, ‘के यो चीनकै सहमतिमा बनाएको होइन यो गम्भीर विषय हो ।’ अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button