मूल खबर

सगरमाथा मापनको काम सकियो

काठमाडौं– झन्डै दुई वर्षअघि देखि सुरु भएको सगरमाथा मापनको काम पूरा भएको छ। नापी विभागका अनुसार हाल डाटा प्रोसेसिङको काम भइरहेको छ। यो काम पनि अन्तिम चरणमा पुगेको विभागले जनाएको छ।

विभागले एक अन्तर्राष्ट्रिय गोष्ठी गरी सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम तय गरेको थियो। तर लकडाउनका कारण अन्तर्रा्ष्ट्रिय गोष्ठी गर्न नसकिएको विभागका सूचना अधिकारी दामोदर ढकालले जनाए। सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो। सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिधिको सहभागिता थियो।

केही महिनाभित्र सगरमाथा मापनको उचाइ घोषणा गर्ने तयारी विभागका अधिकारीले गरेका छन्। ‘फिल्डको काम पूरा भएको छ। डाटा प्रोसेसिङको काम सकिएपछि उचाइ घोषणा गर्छौं,’ ढकालले भने।  नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button