
एजेन्सी – विश्वभर फैलिरहेको कोरोना महामारीका कारण स्थगित भएको इंग्लिस प्रिमियर लिग सुचारु गर्न बेलायत सरकारले आवश्यक स्विकृती प्रदान गरेको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार कोरोना भाइरसका कारण लगाइएको लकडाउन सहज बनाउन प्रस्तुत योजनामा खेलकुद गतिविधि आयोजना गर्न सहज वातावरण बनाउने उल्लेख गरिएको छ । जुन १ पछि बन्द रंगशालामा टेलिभिजन प्रशारण गर्नका लागि खेलकुद गतिविधि गर्न पाइने सरकारले जनाएको छ । यससँगै गत मार्च १३ देखि स्थगित रहेको प्रिमियर लिग सुचारु हुने सम्भावना बढेको छ ।
प्रिमियर लिगमा अब मात्र ९२ खेल बाँकी छ । लिगको शीर्षस्थानमा लिभरपुल २५ अंकको अग्रतासहित उपाधिनजिक छ । मात्र दुई खेल जितेको खण्डमा लिभरपुल प्रिमियर लिग च्याम्पियन बन्नेछ । रेलिगेसन क्षेत्रमा भने निकै प्रतिस्पर्धा रहेका कारण घटुवा हुने टोली छिनोफानो गर्न केहि समय लाग्नेछ ।
प्रिमियर लिगका टोलीहरुले हाल व्यक्तिगत तथा सानो समूहमा प्रशिक्षण सुचारु गरिरहेका छन् । केहि दिनका नै क्लबहरुको बैठकले लिग सुचारु हुने मिति तय गरेपछि पूर्ण प्रशिक्षण सुरु गरिने बुझिएको छ ।hamrokhelkud/from



