स्वास्थ्य

मंगलबारे अस्पतालले प्रदेश सरकारसँग माग्यो १५ करोड

मदनबाबु प्रसाई
उर्लाबारी / उर्लाबारीस्थित मंगलबारे अस्पतालले आगामी आर्थिक बर्षको लागि १५ करोड बढीको बजेट प्रदेश नं.–१ सरकारसँग माग गरेको छ ।

अस्पताल व्यवस्थापन समितिको बैठकले सिटी स्क्यान, आईसियु.कक्ष निर्माण, पूर्वाधार र व्यवस्थापकीय सुधारको लागि १५ करोड ३६ लाख १५ हजार ९सय ४५ रुपया विनियोनको लागि प्रदेश सरकारको सामाजिक बिकास मंन्त्रालयसँग माग गरिएको अध्यक्ष भानुभक्त शर्मा पराजुलीले बताएका छन ।

यस क्षेत्रकै गहनाको रुपमा रहेको उक्त अस्पतालमा अप्रेशन थिएटर एवं डेथ प्रिजर सहितका स्वस्थ्य सेवा प्रभावकारी किसिमबाट संचालन हुदैँ आएका भएता पनि स्वस्थ्य सेवालाई थप प्रभावकारी सिंचालन गर्नको लागि उक्त बजेट आवश्यक हुने भएकोले माग गरिएको अस्पतालका मेसु डा. योगेश मण्डलले बताए ।ब्लाष्ट खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button