
काँकरभिट्ट। झापाको काँकरभिट्टामा रहेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले २०७७ बैशाख र जेठ महिनाको पानी महसुलबाट उपभोक्तालाई ७ युनिट छुट प्रदान गर्ने भएको छ । कोरोना भाइरसका कारणले मुलक लकडाउनले आक्रान्त भएकाले संस्थाले उक्त निर्णय गरेको बताईएको छ । संस्थाको मिति २०७७ बैशाख ३० गते बसेको बैठकले कोरोनाबाट हरेक मानिसलाई परेको असरलाई मध्यनजर गर्दै छुट प्रदान गरेको कार्यालय प्रमुख दीपक पोखरेलले जानकारी दिए ।
त्यसै गरी संस्थाले लकडाउनको समयमा उपभोक्ताहरुलाई नियमित महसुल २०७६ चैत महिनादेखिको लकडाउन कायम रहुन्जेलसम्मको जरिवाना शुल्कमा छुट गर्ने समेत निर्णय गरिएको संस्थाका सचिव राजकुमार पराजुलीले चौतारी पोष्ट अनलाइनलाई बताए ।



