

जी एन शर्मा
भारतीय विस्तारवादी शाषकको हस्तक्षेप नेपाल माथि आजको होइन न हिजोका हो, यो दशकौँदेखिको मिचाह, दलाहा र हेपुवा प्रवृति रहेको छ। पश्चिम नेपालको कालापनानीमा मात्र होइन पूर्वी नेपालको पशुपतिनगर सम्म भारतीय विस्तरवादी शाषकले सीमा अतिक्रमण गरको छ यो नौलो विषय होइन ।
असल छिमेकी , रोटी र बेटीको नाममा भारतीय शाषकले हाम्रो भूमीमा आँखा गाडेको दशकौँदेखिको कथा हाम्रा सामु छ । विभिन्न समयमा विभिन्न बहानामा उसले हामी माथि दादागिरी गर्दै आएको छ ।उसको यो दादागिरीको हौसला भनेको हाम्रै कथित राष्ट्रवादको भजन गाएर कुर्सीमा सति जाने सत्ताका महानहरु हुन् । आफ्नो माटोमा दशकौँदेखि पराईले बुट बर्जादा आखिर किन बोल्न सक्दैनन् ? बेलाबेलामा देशभक्तिको हुँकार गर्ने र आफुलाई नेपाल आमाको सक्कल दर्जाको सन्तान दिने यिनीहरु किन भारतीय शाषकसँग बोल्न नसक्नुको मुख्य कारण के हो ? आज हामीले पहिचान गर्न सक्नु पर्छ ।
कालापानी क्षेत्रमा अहिले बाटो निमार्णको सवाल होस या यस अघि भारतले नेपाल माथि गरेका अरु हस्तक्षेप र हर्कतका बिरोधमा घाँटी पड्किने गरि बोल्नेहरु पनि बेला बेलामा मन्त्री पदमा आसिन भएकाछन् । पदमा रहँदा मौन रहने उनीहरु जब पद बाहिर हुन्छन् तब सबै भन्दा खरो राष्ट्रवादीका नाममा बोल्ने बक्ता बनेर आउनु कति मिल्ने हो ? उनीहरुले पनि दायाँबायँ हेरेका छन् कि छैनन् ?
जब सम्म सरकारमा बस्नेहरु आफ्नो माटो माथि पराईले परेड खेलीरहँदा सम्म हुतिहारा बन्छन् तब सम्म उसले आफ्नो दादागिरी चलाउन छोड्ने छैन । मन्त्री पदमा आफु रहुन्जेल सीमा अतिक्रमण र भारतीय विस्तारवादको सवालमा थाहा नपाए जस्तो गरि आफ्नो कुर्सी समाएर बसेका अनि अहिले पदमा नहुँदाको समयमा आफ्नो पदको औडाहलाई राष्ट्रियतासँग जोडेर हुँकार गर्नेहरुले हिजो किन आफु मन्त्रीमा आसिन रहँदा यो विषयमा चुँ बोलेनन् र अहिले कालापानीको कथाकोमा आफुलाई सबै भन्दा ठूलो देशभक्तको रुपमा प्रस्तुत गरेकाछन् ? नागरिकले हाम्रा बारेमा पनि नियालेकाछन् कि भनेर उनीहरुलाई पनि हेक्का रहोस ।
कालापनानीमा भारतीय विस्तारवादी शाषकले गरेको सीमा अतिक्रमण र बाटो निमार्णको कुरा मात्र होइन अब समग्र नेपाली भूमी माथि उसबाट भएका सीमा अतिक्रमणको मिहिन ढङ्गले खोजी हुनु पर्दछ । नेपाली भूमी भारतीय शाषकले गरेको यो हेपाहा र मिचाह प्रवृतिका बिरुद्ध अन्तराष्ट्रिय स्तर यो मुद्दा उठाउनु पर्छ र अन्तराष्ट्रिय अदालतमा यो विषयलाई पु¥याउन आबाश्यक छ । कोरोना पछि यस विषयमा वार्ता गरौला भन्ने भारत सरकारको भनाईको कुनै अर्थ छैन किनकी कोरोनो महामारीमा सडक उद्घाटन गर्न मिल्छ भने सीमा अतिक्रमणको विषयमा यो विषयको उठान गर्न किन मिल्दैन ?
विगतदेखि वर्तमान सम्मका नेपाल सरकारको हुतिहारा मानशिकताको उपजनै भन्नु पर्छ पटक पटक भारतीय विस्तारवादी सोचको शाषकले हाम्रो माटो माथि आँखा गाडेको हो , दशकौँ देखि उसले आफ्नो हस्तक्षेप जारी राख्दा सम्म यसको कडा जवाफ दिन नसकेकै कारण आज उसले जे गर्दा पनि हुन्छ भन्ने मिचाहा सोचका साथ आफ्ना हर्कतहरु जारी राखेको छ । अब यो विषयमा नागरिक स्तरबाटै उठाउन आबाश्यक छ, सरकार के गर्छ सरकारको काम सरकारले गरोस तर यो मुद्दालाई अब नागरिक स्तरबाट अन्तराष्ट्रियकरण गर्न ढिला गर्न हुदैन । भारत हाम्रो असल छिमेकी हो, भारतीय जनता हाम्रा असल मित्रहरु हुन् यसमा कुनै शंका छैन तर भारतीय विस्तारवादी सोचका शाषकहरुले नेपाल र नेपाली माथि गर्ने कुनै हस्तक्षेप हामीलाई स्विकार हुदैन । अब यसको दिर्घकालिन समाधान भनेको विगतदेखि वर्तमान सम्म भारतीय विस्तारवादी शाषकले नेपालमाथि गरेका सबै सीमा अतिक्रमणको बैज्ञानिक र ऐतिहासिक आधारमा खोजबिन गरेर सीमाना आबाश्यकता अनुसार तारबार र सुरक्षाबलको उपस्थिती जस्ता विषयलाई अघि सार्न आबाश्यक छ । आगे सरकारको मर्जी ।



