खबरमूल खबरस्वास्थ्य

ललितपुरका विभिन्न वडा कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डौँ । चाइना फाउण्डेशन प्रोभर्टी एलिभिएशनको सहयोग र माइका नेपालको सहकार्यमा ललितपुर महानगरपालिकाका विभिन्न वडाहरुमा २०० लिटरको पानी ट्यांकी र हात धुने सामग्री वडा कार्यालयलाई हस्तान्तरण गरेको छ ।
मानव अधिकार संरक्षण मञ्च नेपाल ललितपुर जिल्ला समितिका अध्यक्ष सामाजिक अभियन्ता राजेन्द्र मल्लको सक्रियतामा ललितपुर महानगरपालिकाका विभिन्न वडा कार्यालयहरु १४, १३, ५ र २५ मा पानी ट्यांकी र २५ वटा हात धुने सामग्री वितरण गरिएको हो ।

संसारभरि नै फैलिएको कोरोना भाइरस संक्रमण कोभिड १९ को त्रासका कारण नेपाल विगत एक महिनादेखि लकडाउनको अवस्थामा छ ।यही लकडाउनको असरले गर्दा नागरिकको स्वास्थ्यमा समेत असर गरिरहेको हुँदा आमनागरिक तथा वडावासीहरुमा स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने उदेश्यले सो सामग्री वितरण गरिएको अभियन्ता मल्लले बताउनुभयो । ललितपुर महानगरपालिका वडा नंं २५ का वडाध्यक्ष विष्णु बहादुर कार्कीले सहयोगी तथा समन्वय गर्ने संस्थालाई समग्र वडावासीका तर्फबाट धन्यवाद दिनुहुँदै उहाँले अहिलेको यो विषम परिस्थितीमा नागरिकले आफनो स्वास्थ्यलाई ध्यान दिनुपर्ने भएकोले सो स्वास्थ्य सामग्री समग्र वडावासीका लागि ठुलो उपयोगी हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button