
अर्जुन भन्छन् — ‘ खै किन हो ! हामीलाई नगरपालिका सहयोग गर्दैन ’
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं ७ मा रहेको जागृत बाल उद्दार केन्द्र सहाराविहीन नानीहरुको घर भएको छ ।विगत ९ वर्षदेखि संचालनमा आएको यो बाल उद्दार केन्द्र आजका दिन सम्म मुठी दानले संचालन भएको संस्थाका अध्यक्ष समेत रहेका अर्जुन देबकोटा बताउँछन् । स्थानिय सरकारको रुपमा रहेको मेचीनगर नगरपालिकामा संस्था संचालनका लागि पटके रुपमा लिखित र मौखिक निवदेन गर्दा नगरपालिकाबाट आश्वासन बाहेक संस्थाले केही नपाएको देबकोटाको गुनासो रहेको छ । आज हामीसँग हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि अतिथि रहेकाछन् उनै देबकोटा सुनौँ जागृत बाल उद्दार केन्द्र कसरी चलेको छ त ?



