मूल खबर

नेपालमा कोरोना संंक्रमितको संख्या २१९

चौतारी पोष्ट अनलाइन
ललितपुर। नेपालगञ्ज र कपिलवस्तुमा गरी थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपलमा कोरोना संकमितको संखया २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालगञ्जको पछिल्लो सङ्क्रमित बाँके जिल्ला, नेपालगञ्ज नपा वडा नं ८ बस्ने ३६ वर्षीया पुरुष रहेकाछन् । उनको धुलिखेल अस्पतालमा स्वब परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरि कपिलवस्तुका एक पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं ५ का २२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button