खबर

‘ कोरोनो सङ्क्रमण भएको ठानेर समाज,आफन्तले नै छिःछिः दुर्दुर गर्छन्’

सिन्धुलीमाढी,  जिल्ला प्रशासन कार्यालयमा नायव सुब्बा पदमा कार्यरत गोविन्दप्रसाद कोइरालालाई कोरोना भाइरसको सङ्क्रमण तथा जोखिमबाट यतिखेर अरू व्यक्ति भन्दा आफूलाई निकै सुरक्षित महसुस भएको छ ।
चार दिनअघि आरडीटी परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि आत्तिनु भएका कोइरालालाई पीसीआर विधिबाट गरिएको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि यतिखेर अरू भन्दा सुरक्षित महसुस भएको हो । उहाँले भन्नुभयो, ‘आरडीटी टेष्ट गर्दा नजिता पोजेटिभ आउँदा एकपल्ट त सार्लाकसुर्लक्कै भएर जिरोमा नै आइयो । सामाजिक व्यावहारमा साथीहरूमा आएको परिवर्तन देख्दाचाहिँ तनाव
हुँदो रहेछ ।’
‘अहिले पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि बरु हामीचाहिँ अरूभन्दा सुरक्षित छौँ,’ उहाँले थप्नुभयो, ‘पीसीआर विधिबाट स्वाब परीक्षणको नतिजा नआउन्जेल छुट्टै घरमा व्यवस्थित क्वारेन्टीन बनाएर तीन दिन बसेँ म । अरू साथीलाई पुरानो सिडियो कार्यालयमा क्वारेन्टाइन
बनाएर राखे ।’
सामाजिक रूपमा मानिसले हेर्ने दृष्टिकोण ज्यादै फरक भएको महशुस भएको उहाँले सुनाउनुभयो । उहाँसँगै सिन्धुली अस्पतालमा सोमबारबाट तीन दिनसम्म स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि गरी २१३ जनाको आरडीटी परीक्षण गर्दा २७ जनाको नतिजा पोजेटिभ आएको थियो ।
आरडीटी परीक्षणमा नतिजा पोजेटिभ देखिएका अरू व्यक्तिहरू पनि आरडीटी परीक्षण भरपर्दो नहुँदा सामाजिक जीवन नै कठिन बनेको बताउँछन् । आरडीटी परीक्षणको नतिजा पोजेटिभ देखिएपछि स्वाबको पीसीआर परीक्षणको नतिजाको पर्खाइमा रहेका सदरमुकामकै एक बासिन्दा भन्नुहुन्छ, ‘कोरोना भाइरसको सङ्क्रमण भएको ठानेर समाज, आफन्त र परिवारले नै छिः छिः–दुर्दुर गर्दा दिक्क लागेर
आएको छ ।’ पीसीआर परीक्षणको नतिजा नआउन्जेल सामाजिक जीवन कष्टकर बनेको उहाँहरूको गुनासो छ ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button