झापा । सुनसरीका सातजना कोरोना संक्रमण पुष्टि भएको छ । दुई हप्ताअघि भारतबाट आएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी इस्राइल मन्सुरीका अनुसार भारतको गुजरातबाट आएका उनीहरूमा पीसीआर टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ को जामिया जियाउल उलुम मदरसाको क्वारेन्टाइनमा रहेका ५३ जनामध्ये पीसीआर टेस्ट गर्दा सातजना संक्रमित पाइएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का एक पुरुष, वडा नम्बर ४ का चार पुरुष, वडा नम्बर ५ र वडा नम्बर ८ का एक पुरुष गरी सात जनामा कोरोना देखिएको हो ।
पाँच दिनअगाडि कोशी अस्पताल विराटनगरबाट आएका स्वास्थ्यकर्मी टोलीले उनीहरूको स्वाब टेस्ट गरेका थिए । कोरोना संक्रमण पाइएपछि उनीहरूलाई थप उपचारका लागि धरान पठाउने तयारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता विनोद शर्माले पनि कोरोना संक्रमण ेदेखिएको बताएका छन् । तथापी स्वास्थ्य मन्त्रालयले भने सार्वजनिक गरेको छैन । यो संगै सुनसरीमा कोरोना संक्रमितको संख्या ११ जना पुगेको छ ।



