खबर

दार्जिलिङका विभिन्न गाउँ-समाजलाई खाद्य वितरण

दार्जिलिङका विभिन्न गाउँ-समाजलाई खाद्य वितरण

दार्जिलिङ: एड्वर्ड फाउण्डेसन अनि दार्जिलिङ इनोसेटिभले आफ्नो समाजिक सेवालाई निरन्तरता दिँदै दार्जिलिङ नगरपालिकाको विभिन्न गाउँ समाजहरुमा बिपन्न परिवारहरुलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गर्ने कार्य जारी राखेको छ। यसैक्रममा, दार्जिलिङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 17-को महाकाल समाज , धोबी तल्ला समाज , अरुण कल्याण समाज , सिस्टर निभिदिता ग्राम समाज , अमर ज्योति ग्राम समाज , मंगल पुरी समाज, अनि नव ज्योति ग्राम समाजमा 110 बिपन्न एवं असहाय परिवारहरुलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरेको वार्ड नम्वर 17 का स्थानीय निवासी पम्फा लामाले जानकारी दिएका छन् । यस्तो विकट परिस्थितिमा विभिन्न गाउँ समाजहरुमा आफ्नै खर्चमा बिपन्न परिवारहरुलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरिदिएकोमा 17 नम्बर वार्डमा रहेको सम्पुर्ण समाजको तर्फबाट पम्फा लामाले धन्यवाद दिँदै आभार व्यक्त गरेका छन् ।

रेगुलेटेड मार्केटको माछा बजार बन्द भएपछि व्यवसायीहरूद्वारा डीएम-लाई ज्ञापन

सिलगढी : सिलगढी मेडिकल कलेज एवम् अस्पतालमा कोरोना संक्रमण भएर हिजो प्राण गुमाउने दुईजना व्यक्तिहरूमध्ये एकजना सिलगढी चम्पासरीस्थित रेगुलेटेड मार्केटको माछा व्यापारी रहेकोले गर्दा दार्जिलिङको डीएम-को निर्देशमा आजदेखि रेगुलेटेड मार्केटको माछा बजार पूर्ण रूपले बन्द गरिदिएको छ। यसरी अचानक माछा बजार बन्द गर्ने सरकारी निर्देशपछि त्यहाँका माछा व्यवसायीहरूलाई ठुलो मर्का परेको बताइएको छ। यसैले आज माछा व्यापारी संगठनको पक्षबाट दार्जिलिङको डीएम-लाई एउटा ज्ञापन चढाएको छ।

व्यापारी संगठनको भनाइअनुसार हाल रेगुलेटेड मार्केटको माछा बजारमा तिनीहरूको 40 लाखभन्दा अधिक रुपियाँको माछा राखिएको छ। तर सरकारी निर्देशअनुसार अचानक यसरी बजार बन्द हुँदा तिनीहरूलाई धेरै नोक्सान हुनको साथै बजार बन्द राख्नाले त्यहाँ रहेको माछाहरू कुहेर फोहोर गन्ध आउने तथा यसले थप अन्य बिमार उत्पन्न हुने व्यापारी संगठनले आशंका व्यक्त गरेको छ। यसैले गर्दा ती माछाहरू बजारबाट निकाल्नको निम्ति केही समय दियाजाओस् भनी डीएम-लाई संगठनको पक्षबाट ज्ञापन चढाइएको हो भनी बताइएको छ।उच्च माध्यमिकको रहल परीक्षा 2, 6 र 8 जुलाईमा

सिलगढी : उच्च माध्यमिक परीक्षाको रहल 3 वटा विषयको परीक्षा अब आगामी 2, 6 र 8 जुलाईको दिन सम्पन्न हुने भएको छ। सिलगढीको सर्किट हाउसमा आज सम्पन्न भएको बैठक अवधि उक्त निर्णय लिएको छ। बैठकमा दार्जिलिङ जिल्लाका शिक्षा विभागीय पदाधिकारीगण, जिल्लाशासक, महकुमा अधिकारी लगायत विभिन्न राजनैतिक दलका शीर्ष नेताहरू तथा प्रशासनिक अधिकारीहरू उपस्थित थिए। बैठकमा लिइएको निर्णय अनुसार विद्यार्थीहरूको निम्ति पूर्व जारी निर्देश अनुसार पहिलाकै परीक्षा केन्द्रहरूमा परीक्षा सम्पन्न हुनेछ। यसबाहेक, विद्यार्थीहरूको निम्ति केही आवश्यक गाइड लाइन जारी गरिएको छ भने ती परीक्षा केन्द्रहरूमा पूर्ण रूपले सेनिटाइज गरिनुको साथै विद्यार्थीहरूले सामाजिक दूरी बनाइ राख्नपर्नेछ। यसबाहेक विद्यार्थीहरूलाई परीक्षा केन्द्र भवनसम्म पुग्नको निम्ति विभागीय पक्षबाट केही पहल गरिदिने बताइएको छ।जुन 12, 2020 siliguritimes/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button