मूल खबर

नेपालमा कोरोना संक्रमितको संख्या ८६०५ पुग्यो

६ असार २०७७

ललितपुर ।

आज थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएका मध्ये २८२ पुरुष र ४९ जना महिला रहेका छन् । योसंख्या संगै देशभर संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

कोरोना संक्रमितहरुमध्ये ७५६ महिला र ७ हजार ८ सय ४९ पुरुष छन् । शनिबार १७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । जसमध्ये १८ महिला र १५८ जना रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएकाछन्।

अहिले सम्म नेपालमा १५७८ जना कोरोना जितेर घर फर्कि सकेका छन् ।प्राप्त  जानकारी अनुसार देशभरका ७४ जिल्लाहरुमा कोरोना संक्रमण फैलिएको छ । पछिल्ल्लो समय नेपालमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button