खेलकुद

टोटेनहमको जितमा केनको गोल

बुधबार, अषाढ १०, २०७७

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्स्परले प्रिमियर लिग अन्तर्गत मंगलबार भएको लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडमाथि २-० को जित दर्ता गरेको छ ।

खेलको पहिलो हाफमा लगातार आक्रमण बुनेपनि टोटेनहमले अग्रता लिन सकेको थिएन । खेलको ४५ औं मिनेटमा कोरियाली फरवार्ड सन ह्युङ मिनले गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै गोललाई मान्यता दिएका थिएनन् । लुकास मौराले पनि गोल गर्ने सुवर्ण अवसर चुकाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा टोटेनहमले आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । जिओभानी लो सेल्सोको कर्नर टोमस सौचेकको खुट्टामा लाग्दै गोल हुँदा घरेलु टोलीले अग्रता लिएको थियो । उक्त गोल हुने क्रममा स्पर्सका डिफेन्डर डाभीन्सन सान्चेजको हातमा बल लागेको भनेपनि भीएआरले गोल मान्यता दिएको थियो ।

८२ औं मिनेटमा फरवार्ड ह्यारी केनले गोल गर्दै जित सुनिश्चित गरे । झन्डै ६ महिना विश्रामपछि गत साता मैदान फर्केका केनले दोस्रो खेलमा नै गोल गर्न सफल रहे । उनले सनले खेलाएको थ्रु पासलाई अगाडी बढाउँदै वन भर्सेस वनको स्थितिमा सुन्दर फिनिस गरेका थिए ।

यस नतिजासँगै टोटेनहमको ३१ खेलमा ४५ अंक भएको छ । सातौं स्थानमा रहेको स्पर्स सेफिल्ड युनाइटेड भन्दा १ अंक मात्र अगाडी छ । लिगको यस चरणमा पाँचौ स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र सेफिल्ड खेल्दैछन् । वेस्ट ह्याम भने ३१ खेलमा २७ अंकसहित गोल अन्तरको आधारमा रेलिगेसन क्षेत्रबाट एक स्थान माथि छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button