खेलकुद

इस्को अभ्यासमा फर्कंदा हाजार्डलाई आराम

बुधबार, अषाढ १०, २०७७

एजेन्सी – रियल म्याड्रिडले पछिल्ला खेलमा बलियो नतिजा निकाल्दै ला लिगा जित्ने सम्भानालाई बलियो बनाएको छ । तर, जिनेदिन जिदानले आशा गरेका फरवार्ड इडान हाजार्डले भने प्रशिक्षणमा भाग लिन सकेनन् ।

रियल सोसिडाडसँग आइतबार भएको खेलमा हाजार्ड एक मिनेट पनि मैदानमा उत्रेनन् । सिजनको सुरुवातमा उनले उच्च प्रदर्शन गर्न नसकेका कारण दर्शक निराश छन् । तथापी उनीबाट रियलले अझै पनि उच्च प्रदर्शनको अपेक्षा राखेको छ । चोटकै कारण लामो समय मैदान बाहिर रहेका उनले सोमबार भने सावधानी लिने क्रममा आराम गरेको बताइएको छ ।

हाजार्ड अभ्यासमा सामेल नहुँदा इस्काले भने मैदान फर्कने सम्भावना बढेको छ । हाजार्डले कोरोनापछि लिग सुचारु भएसँगै सुधारिएको प्रदर्शन गर्दै जिदानलाई राहत दिएका छन् । मालागाका पूर्व मिडफिल्डर इस्को भने पूर्ण अभ्यासमा फर्केका छन् । मासंपेशीको चोटका कारण उनी लामो समयदेखि मैदान बाहिर थिए ।

झन्डै ३ साता देखि आराम गरिरहेका इस्को चाडै मैदान फर्कने सम्भावना देखिएको छ । लुकास भाजक्वेज, नाचो फर्नान्डेज पनि सोमबार अभ्इासमा सामेल भएका थिए । चोटमुक्त हुने प्रयासमा रहेका लुका जोभिक पनि बलसँग अभ्यास गरिरहेका छन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button