खबर

एमसीसीको विपक्षमा उभिन दार्चुलाका सांसदहरूलाई नेकपाको पत्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले जिल्लाबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाई एमसीसीका पक्षमा मत जाहेर नगर्न आग्रह गर्दै पत्र पठाएको छ । विश्व शक्तिराष्ट्रहरूले कोरोना सङ्कटको मौका छोपी नेपालमाथि असमान प्रकारका आर्थिक, सामाजिक र सैन्य सम्झौताहरू जबर्जस्ती लाद्न खोजेको भन्दै राष्ट्रघाती एमसीसीको विपक्षमा मत व्यक्त गर्न सांसदहरू गणेशसिंह ठगुन्ना र दिलेन्द्रप्रसाद बडुलाई पत्र पठाएको हो ।

राष्ट्रघाती परियोजना एमसीसीको विपक्षमा मत जाहेर नगर्न आग्रह गर्दै दार्चुला इन्चार्ज आकाश र सेक्रेटरी लक्ष्मण शाहीद्वारा हस्ताक्षरित अनुरोधपत्रमा भनिएको छ, ‘व्यापार गर्नका लागि भारतमा आएर ३०० वर्ष भारतलाई कब्जा गरेको ब्रिटिस इन्डिया कम्पनीको आधुनिक रूप एमसीसी हो भन्ने सडकदेखि सदनसम्मको विरोधले पुष्टि गरेको छ ।’

पत्रमा अहिले देशलाई एमसीसीजस्तो सैन्य गुटमा जानबाट रोक्न इतिहासले सांसदहरूको काँधमा महत्वपूर्ण जिम्मेवारी सुम्पिएको भन्दैै भाबी पुस्ताको काँधमा राष्ट्रघाती भार थोपर्ने वा स्वतन्त्रताको भन्ने विषयमा निर्णय गर्ने समय आएको बेला एमसीसीजस्तो राष्ट्रघाती सम्झौताका पक्षमा मतदान नगर्न अनुरोध गरिएको छ ।२०७७, १२ असार  ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button