
आज जन्मदिन परेका सवैप्रति उपहार स्वरूप
लक्ष्मी उप्रेती ‘सिस्नो’
कविता
आज तिम्रो जन्मदिन
हो, आज तिम्रो जन्मदिन
मलाई राम्रोसँग थाहा छ
थाहा भएर के गर्नु ?
मसँग तिमीलाई शुभकामना भन्ने शब्द बाहेक अरू दिने उपहार केही छैन्
आशा छ तिमी पनि शब्दले दिएको उपहार नै बढी मन पराउछौ
तिमी मेरो यो उपहार स्वीकार गर या नगर
हिर्दयदेखि नै जन्मदिनको अवसरमा सुस्वास्थ्य र दिर्घायु जीवनको शुभकामना
मलाई पनि तिम्रो जन्मदिनको अवसरमा सधै सधै सम्झना आईरहने उपहार दिने मन नभएको चाहिँ कहाँ हो र ?
तर, म पनि बाँध्य छु , म आफैले आफ्नै जन्मदिन मनाईरहन सकेको छैन्
किन कि मैले बोलाएका पाहुनालाई सत्कार गर्न सक्ने औकातम सँग छैन्
हुन यहाँ बलिरहेको बत्ती निभाएर जन्मदिन होईन हेप्पीवर्थ डे मनाईन्छ
उज्यालो हटाएर अध्यारोमा रमाईन्छ
अध्यारो मै भए पनि शब्दको भण्डार खोलेर जन्मदिनको शुभकामना लेख्दैछु
आज भोली त जन्मदिन पनि घरको वरण्डा र वार्दलीमा होईन
ठुल्ठुला होटल र रेष्टुरेन्टमा मनाउन थालिएछ
जन्मदिन भन्नुपर्ने हेप्पीवर्थ डे भन्न थालिएछ
त्यहि भएर म पनि तिम्रो निम्तो पाएर पनि अनेक बहना बनाएर अन्त्यै रूम्लिएछु
त्यहासम्म आउने मसँग न टाईसुट कोट नै छ, न हातमा बोकेर ल्याउने उपहार
त्यसैले म गाउँकै खर र परालले छाएको घरबाट शब्दमार्फत तिम्रो जन्मदिनमा शुभकामना कोर्दै छु
जन्मदिन मनाउने धोको थियो, तिमी त हेप्पी वर्थडे मनाउन पुग्यौ
यसपटक हेप्पी वर्थ डे मनाए पनि अर्को साल जन्मदिन मनाउला
लोक झ्याउरे बालान र संगिनीमा आगनमै नाचौला है
फेरि पनि भन्छु अर्को वर्ष घरआगनमै जन्मदिन मनाउन पाउ
आज तिम्रो जन्मदिन धेरै धेरै शुभकामना
तिमी जन्मदा
नाै नौ महिना गर्भमा राखेर यो सुन्दर संसारमा जन्मदिने तिम्री आमालाई धेरैले भने होलान
छोरी पो जन्माईछे
उसवेलाको परिवारको खुशीलाई दिर्घकालसम्म बचाई राख्न सक
अनि छोरी जन्मि भनेर नाक खुम्च्याउनेहरूका लागि साच्चैको छोरी बन्न सक
तिम्रो तिम्रो जन्मदिनको अवसरमा शुभकामना छ
तिमी आजकी छोरी, भोली असल बुहारी बन्न सक
असल बुहारी बनेरै आमाको रूप ग्रहण गरि आफ्ना सन्तानका लागि शीतल छहारी बन्न सक
आफ्ना सन्तानका लागि प्रेरणादायी अभिभावकक्त प्रदान गर्न सक
खाली हात आए पनि शब्दबाटै तिमीलाई जन्मदिनको शुभकामना
हाम्रो समाज पुरूष प्रधान समाज
हो, हाम्रो समाज पुरूष प्रधान समाज
तिमीलाई राम्रोसँग थाहा छ
त्यही समाजकी तिमी छोरी, बुहारी आमा हौ, कदम कदममा होस राख
छोरी भएकै कारण तिमी बलात्कार मात्र होईन, तिम्रा माईतीले दाईजो र तिलक नदिएकै कारण तिमी जल्नु परेको छ
बोक्सीकोआरोपमा अभद्र व्यवहार सहनु परेको छ
आज तिम्रो जन्मदिन
यी साराकुरालाई चिर्दै अघि बढ्न तिमीलाई आजैको दिनले प्रेरणा मिलोस तिमीलाई जन्मदिनमा धेरै धेरै शुभकामना छ
तिमीलाई जन्मदिँदा कति प्रसव पीडा भयो आमालाई सोध
तर, आमाले भन्छिन नानी तेरो जन्मको यो खुशीले कहाँ मलाई पीडा भयो त
यो पीडा र व्यथा कम गर्न पनि तिमीले आमाकाआँखाबाट आँशु कहिल्यै झर्न नदेउ
तिमीले आमाको दशधारा दुध चुसेकी छौ, त्यही भएर पनि
आमा बृद्धअबश्थामा पुग्दा आश्रममा होईन तिम्रै जन्म भएको घरको झुपडीमै राख
जन्मदिनको अवसरमा तिमीलाई यहि छ शुभकामना


