
दमक ।
झापा दमकको गणतन्त्र चोकमा आज भेला भएका महिला अधिकारकर्मीहरुले पछिल्लो समय पत्नीको विभत्स हत्या गर्ने पूर्व डिआइजी रञ्जन कोइरालालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले गरेको फैसलाका विरुद्ध प्रदर्शन गरेका छन् ।

सो प्रदर्शनमा सहभागी महिलाहरुले मेरो शरिर मेरो अधिकार, हत्यारालाई सजाय देउ, नालायक चोलेन्द्र मुर्दाबाद लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । कतिपय प्रदर्शनकारीहरुले मेरो ढाड मेरो अधिकार भन्ने नारा आफ्नो ढाडमा लेखेर समेत बिरोध जनाएका थिए ।



