
तारा पौडेल
रमाइलो छ इलाम हाम्रो इलाम
मायाको कोशेली सबलाई सलाम
गजल
मायाको भरैमा बाँचौलि तिमीनै
मनैको बगैचा चुमौलि तिमीनै
जुधेको नयन रसिला बनेमा
प्रेमको बाढीमा बगौली तिमीनै
झरेको आँशुमा भिजौली तिमीनै
तनैको पसिना पोखौली तिमीनै
छातीको कुनामा बसेर हेरन
अमृत रसमा डुबौली तिमीनै
मायाको भरैमा बाँचौली तिमीनै
मनैको बगैचा चुमौली तिमीनै ।
रमाइलो छ इलाम हाम्रो इलाम
मायाको कोशेली सबलाई सलाम
सुर्योदयनगरपलिका
पशुपतिनगर ३
मेहेलबोटे ,


