स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो

११ साउन,२०७७

ललितपुर।

आज थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । यस्तै, ७५ जना संक्रमित डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १३ हजार १ सय २८ पुगेको छ ।

अहिले सम्म नेपालमा कोरोना संक्रमणबाट ४५ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button