
१९ श्रावण २०७७
(एजेन्सी)
शान्तिका लागि विशेष प्रसिद्ध नोवल पुरस्कार विजेता तथा नर्दन आयरल्यान्डका प्रभावशाली राजनीतिक नेता जोह्न हयुमको ८३ वर्षको उमेरमा सोमवार निधन भएको छ । उनको बिहान सवेरै लन्डनडेर्री स्थित ओएन मोर नर्सिंग होममा नधन भएके उनको पारिवारिक सुत्रले पुष्टि गरेको छ।
उनी विगत तीस वर्ष भन्दा लामो समयदेखि नर्दन आयरल्यान्डको अत्यन्तै सम्मानित नतोहरुमध्ये एक रहँदै आएका थिए । उनले तयहाँको राजनीतिक समस्या समाधानका लागि अहम भुमिका नभाएका थिए । उनी सन् १९७० मा स्थापना भएको सोशियल डेमाक्रेटिक एन्ड लेवर पार्टी ( एसडिएलपि ) का संस्थापक सदस्य रहेका थिए ।
उनले सन् १९७९ देखि २००१ के नोभेम्वर सम्म यस पार्टीको नेतृत्व गरेका थिए । ह्युमले अहम भुमिका निभाएको शान्ति वार्ताले सन् १९९८ मा गुड फ्राइडे सम्झौताको रुप लिन सफल भएको थियो । सो सम्झौतामा हस्ताक्षर हुँदा वेलायतका प्रधानमन्त्री रहेका टोनी ब्लेयरले ह्युमको निधन प्रति गहिरो समवेदना व्यक्त गरेका छन् । ह्युम र तत्कालिन युल्स्टर युनियनिस्ट पार्टीका नेता डेविड ट्रम्वललाई संयुक्त रुपमा सन् १९९८ मा नोवल शान्ति पुरुस्कार प्रदान गरिएको थियो ।



