
बिहीबार, श्रावण २२, २०७७
एजेन्सी – युवा ब्याट्सम्यान तथा उप कप्तान बाबर आजमले आफ्नो उच्च लयलाई निरन्तरता दिएपछि इंग्ल्यान्डविरुद्ध पहिलो टेष्ट खेलमा पाकिस्तानले राम्रो सुरुवात गरेको छ ।
ओल्ड ट्राफर्ड म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पाकिस्तानले पहिलो दिन ४९ ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको छ ।
वर्षा र ब्याड लाइटको कारण पहिलो दिनको दोस्रो र तेस्रो सेसन भने प्रभावित बन्न पुग्यो । बाबर आजम १ सय बलमा ११ चौका सहित ६९ रनमा अविजित छन् । ओपनर शन मसुदले १ सय ५२ बलमा ७ चौका सहित ४६ रन बनाउँदै अर्ध शतक नजिक पुगेका छन् । तेस्रो विकेटका लागि बाबर र मसुदबीच ९६ रनको साझेदारी बनि सकेको छ ।
१६ औं ओभरको पहिलो बलमा जोफ्रा आर्चरले ओपनर आबिद अलीलाई १६ रनमा बोल्ड आउट गरे । आबिद बोल्ड आउट हुँदा पाकिस्तानले ३६ रन जोडेको थियो । आबिदले ३७ बलमा २ चौका प्रहार गरे । कप्तान अजहर अलीलाई क्रिस वोक्सले शून्यमा बोल्ड आउट गरे । इंग्ल्यान्डका जोफ्रा आर्चर र क्रिस वोक्सले १–१ विकेट लिएका छन् ।
इंग्ल्यान्डले अलराउन्डर बेन स्टोक्सलाई प्रमुख ब्याट्सम्यानको रुपमा खेलाएको छ । पहिलो दिन इंग्ल्यान्डका ६ बलरले बलिङ गरि सकेका छन् । तर स्टोक्सले गरेका छैनन् । यता पाकिस्तानले यासिर शाह र शादब खान गरि दुई स्पिनर मैदान उतारेको छ ।hamrokhelkud/from



