खबर

रहेनन् अमृतलाल

२५ साउन २०७७
काँकरभिट्टा । झापाका अग्रज पत्रकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ ।

लामो सयमदेखि मृगौला रोगको उपचार गराउँदै आएका पत्रकार श्रेष्ठको आइतवार मेचीनगर १० धुलावारीस्थित निजी निवासमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार एक साता अघि गम्भीर विरामी भए पछि श्रेष्ठलाई उपचारका लागि विर्तामोड स्थित विर्तासिटी हस्पिटलमा भर्ना गरिएको थियो ।

रासस भद्रपुरको कार्यालय प्रमुख रहेका पत्रकार श्रेष्ठ राससबाट अवकाश पाएपछि घरमै थिए । उनका झण्डै एक दर्जन साहित्यिक कृति प्रकाशित छन् । श्रेष्ठ वर्ष १९९० का धुलाबारी जेसिजका अध्यक्ष समेत रहेका थिए ।चौतारी पोष्ट अनलाइन परिवार स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button