
तारा पौडेल
कविता
सुर्य, चन्द्र अंकित झन्डा फर्फराउनु पर्छ
नेपाललाई सधै भरी शिरमा राख्नु पर्छ ।
शत्रु हुँकार गर्दै आए कहिले झुक्नु हुन्न
जननि रोईन भने कहिले हाँस्नु हुन्न।
नेपालीनै थर हाम्रो नेपाल देश हो घर
एक नेपाली मर्न लागे बचाउँ सबै भएर।
आज नेपाल कति धेरै पिरमा पर्या छ नि
घुषखोरी धेरै बढयो कहिले हटने हो नि।
जरै देखि यो कर्मलाई निर्मुल पारौ अब
गाउँघर ,शहरबजार जुटनु पर्छ तब।
पुर्खा हाम्रा साहसि थिए कहिले झुकेनन्
देश बचाउँन रगत दिए पछि हटेनन्।
शिक्षा हामीले लिने सधैं इतिहास हेरि
देश बेचीने सम्झौतालाई च्यात्नु पर्छ फेरि।
नेपाली को कर्म थलो नेपाल भुमी हाम्रो
संसारमा पाइँदैन नेपाल जस्तो राम्रो।
एकातिर लुम्बिनीनै शिरमा सगरमाथा
बाबा आमा सम्झीएर दिउँ सबले साथ।
सुर्य , चन्द्र अंकित झन्डा फर्फराउनु पर्छ
नेपाललाई सधै भरि शिरमा राख्नु पर्छ।
इलाम


