खेलकुद

जिदानको शिकार बनेका ठूला खेलाडी

मंगलबार, श्रावण २७, २०७७

एजेन्सी – फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले प्रशिक्षण सम्हालेपछि रियल म्याड्रिडले सफलता हासिल गर्दै आएको छ । पहिलो कार्यकालमा च्याम्पियन्स लिगमा दबदबा कायम गरेका जिदानले दोस्रो कार्यकालमा लिग उपाधिको खड्को पनि तोडे ।

यसक्रममा जिदानको प्रशिक्षण शैली र व्यवहारका कारण केहि खेलाडीको भने दुर्गति नै भएको छ । पछिल्लो समय रियल म्याड्रिडमा ग्यारेथ बेल र हामेस रोड्रीग्वेजको स्थितिलाई लिएर निकै चर्चा चलेको छ । रियलले मोटो रकम खर्चेर क्लबमा अनुबन्ध गरेको दुई खेलाडी हाल टोलीमा छैनन् । यस सिजन बिरलै अवसर पाएका दुवै खेलाडीलाई रियलले अन्यत्र क्लबमा बेचेको पनि छैन ।

क्लबमै रहनु र खेल्ने अवसर नपाउनुले खेलाडीको मनोबलमा निकै असर परेको छ । सिजनको अन्त्यसँगै दुवै खेलाडीले क्लब छाड्ने सम्भावना छ । तर बेल र हामेसको लागि अन्य क्लबले ठूलो तलब दिनुपर्ने हुनाले ट्रान्सफर सहज हुने छैन । त्यसमाथि रियलले माग गर्ने ट्रान्सफर रकम त बाँकी नै छ ।

जिदानको पहिलो कार्यकालमा नायक बनेका गोलरक्षक केलर नाभासले दोस्रो कार्यकालमा भने कठिन समयको सामना गर्नुपर्यो । क्लबले पहिलो कार्यकालमा डेविड डे हेया अनुबन्ध गर्न खोज्दा जिदानले नाभासनै आफ्नो रोजाईमा रहने बताएपछि ट्रान्सफर भएको थिएन । दोस्रो कार्यकालमा भने थिबाउट कोर्टुवा आएपछि जिदानले नाभासलाई पीएसजी जानुपर्ने बाध्यता बनाए ।

यसबाहेक जिदानले क्लबको एकेडेमीमा हुर्केका समेत अक्रफ हाकिमी, अल्भारो मोराटा, ड्यानी सेबालोस, माटियो कोभाचिच र मार्कोस लोरेन्टेलाई समेत अवसर दिएनन् । सबै खेलाडीले रियलको युवा टोलीमा राम्रो प्रदर्शन गर्दै सिनियर टोलीमा समेत सम्भावना देखाएका थिए । तर जिदानले हरुलाई पर्याप्त मौका नदिई ट्रान्सफर बजारमा खेलाडी खरिद गरे ।

जिदानको रोजाईमा नपरेका यी खेलाडी हाल अन्यत्र क्लबमा भने राम्रो प्रदर्शन गरिरहेका छन् । लोरेन्टे र मोराटा छिमेकि क्लब एटलेटिकोमा खेलिरहेका छन् । कोभाचिचले चेल्सीको मिडफिल्ड सम्हाल्दा सेबालोस आर्सनलमा जमेका छन् । हाकिमी पनि यसै सिजन डर्टमुन्ड छोडेर इन्टर मिलान पुगेका छन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button