२०७७ श्रावण २७ मंगलबार
हलोखबर
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले मन्त्रालय सम्हालेको वर्ष दिन पुग्न लाग्यो। सुरुका चार महिना जति अध्ययनमै गुमनाम भए। तयसपछि बजेटका तयारी थाले। बजेट आयो तर उनले चाहेको कुरा बजेटमा परेनन्। प्रत्येक वर्ष मनाइने असार पन्ध्रको धान रोपाइमा वाहेक अन्य समयमा कृषि मन्त्रीले किसानका दुःख सुख बुझ्न उनीहरुको खेत र झुपडीमा गएको एकाध मात्रै भेटिन्छ।
नेपालमा प्रधानमन्त्री, राष्ट्रपतिका त कुरै छाडौ, कृषि मन्त्री वा कृषिमा काम गर्ने कर्मचारी पनि किसानको खेतबारीमा विरलै जान्छन्। तर छिमेकी राष्ट्र चीनका राष्ट्रपति सि जिन पिङका आयामहरु हेर्ने हो भने उनी वाल्यकालदेखि नै कृषिकर्मसंग जोडिएका देखिन्छन्। र, तिनी अहिले पनि किसानको फार्ममा भिजिट गरिरहेका हुन्छन्। त्यत्रो महान राष्ट्रका महानायकको ताज भिरेका पिङले विभिन्न बाली, तरकारी, चिया, माछा किसानसंग गएका थुप्रै समाचारहरु पढ्न, सुन्न र हेर्न पाउछौं।
चिनिया मिडियाले प्रकाशित गरेको उनको केही तस्बिर
तस्बिरहरु स्रोतः विभिन्न चाइनिज मिडिया







