खबर

नेकपाका नेता ओमप्रकाश पुन कारागार चलान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन ‘निर्माण’ लाई कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीले ५० हजार धरौटी खुलाएको भए पनि प्रहरीले पुनः गिरफ्तार गर्ने तयारी गरेपछि उनी धरौटी नबुझाएरै कारागार चलान भएका हुन् ।

जिल्ला अदालत कैलालीमा सोमबार न्यायाधीश जयानन्द पनेरूको एकल इजलासले उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका नेता पुनले बाहिर पुनः गिरफ्तारीका लागि प्रहरी तैनाथ भएका कारण कारागार गएको बताए । उनलाई कैलालीको फूलबारीबाट असार ३१ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

उनीसँगै गिरफ्तारीमा परेकी उनकी श्रीमती अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी सेती–महाकाली संयोजक पूर्णिमा धामीलाई भने सामान्य तारिखमा रिहा गरिएको छ ।२०७७, २७ श्रावण  ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button