
देउकुमारीको उपचार सहयोगका लागि पूर्णको अपिल , भन्छन् —‘ स्वदेश र विदेशमा रहनुहुने सबै नेपालीमा सहयोगको अपेक्षा गरेको छु ’
झापा । झापा मेचीनगर नगरपालिका वडा नं ८ का पूर्णबहादुर धिमालकी जीवन संगीनी देउकुमारी धिमाल लामो समयदेखि प्लाष्टिक एनिमिया रोगले ग्रस्तछिन् । आर्थीक अभावका कारण अभावको आँशु बगाउनु बाहेक धिमाल परिवारसँग अरु केही बिकल्प छैन । कुनै अर्को एक बिकल्प छ भने त्यही सहयोगी मनहरुको सहयोग । सुकुम्बासी परिवारको परिचयमा जिवन गुजारा गर्दै आएको धिमाल परिवार अहिले सहयोगीमनहरुको एक मात्र आशाको प्रतिक्षामा रहेको छ । आज हामीले हाम्रो नियमित स्तभ्म कुराकानी र भिडियो चौतारीमा देउकुमारी धिमालका पति पूर्णबहादुर धिमालसँग देउकुमारीको अवस्था र उपचारका विषयमा रहेर संवाद गरेकाछौँ । कस्तो छ उनको अहिलेको अवस्था अनि के हुदैछ त देउकुमारी धिमालको उपचारको प्रकृया सुनौँ देउकुमारीका पति पूर्णबहादुर धिमालबाट । सहयोगी मनहरुका लागि हामीले यो जानकारीका लागि मात्र पूर्णबहादुर धिमालको सम्पर्क नं राखिदिएकाछौँ । ९८४२७५७९५३( पूर्णबहादुर धिमाल, मेचीनगर ८ झापा नेपाल)



