स्वास्थ्य

रेमडिसिभिर औषधि दर्ता गर्न औषधि विभागको आलटाल, अवैध तरिकाले भित्रदै

साउन २८, २०७७
औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको रेमडिसिभिर औषधि दर्ता प्रक्रिया आलटाल गर्दा सो औषधि अवैध तरिकाले भित्रिने गरेको पाइएको छ । स्रोतका अनुसार केही आयातकर्ताले रेमडिसिभिर नामक औषधि कोलकाता हुँदै नेपाल भित्र्याउने गरेका छन् । त्यसतो त, पटके सिफारिसबाट पनि औषधि आयात गर्न सकिने व्यवस्था छ ।

रेमडिसिभर नामक औषधति दर्ता गर्न औषधि व्यवस्था विभागले आलटाल गर्दा गैरकानुनी तरिकाले भित्रिएर कालोबजारी हुने देखिएको छ । अहिले परभाइल ४० देखि ५० हजार रुपैयाँसम्म किन्नुपर्ने बाध्यता छ ।

रेमडिसिभिर औषधी दार्ता हुनसके परभाइल सात हजार रुपैयाँसम्म ल्याउन सकिने आयातकर्ता बताउँछन् । अमेरिकाको जिलिड फर्माले उत्पादन गरेको रेमडिसिभिर अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले कोभिड–१९ का संक्तमितमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ । प्रभावकारी मानिएको यो औषधि नेपालमा उत्पादन हुँदैन ।राजधानी दैनिकमा समाचार छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button