मूल खबर

मेचीनगरमा भोलिदेखि सात दिन लकडाउन

२८ साउन २०७७

काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका क्षेत्रमा समुदायमा एकपछि अर्कोमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका क्षेत्र भोलिदेखि (विहीवार)लकडाउन गरिदैछ । समुदायका थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मेची नगरपालिकाले भोलिदेखि ७ दिनलाई लकडाउन गर्ने भएको कोरोना नियन्त्रण कार्यदलका संयोजक नविन बरालले जानकारी दिए ।मेचीनगर क्षेत्रका एक डाक्टरसहित समुदायका ४ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाले त्यस्तो निणर्य गरेको हो । मेचीनगर १० का एक युवामा पहिलो पटक पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको हो । कोरोना पुष्टि भएका डाक्टर मेची आम्दा हस्पतालको भएको बताइएको छ । उनी मेचीनगर १० मा बस्दै आएका छन् । आज संक्रमण पुष्टि हुनेमा डाक्टर २९ वर्षका छन् भने अर्का संक्रमित इटाभट्टाका २८ वर्षका पुरुष नै छन् । त्यस्तै, अरु दुईजना संक्रमित मेचीनगर१० की २५ वर्षीया महिला र १३ वर्षका बालक समेत रहेका छन् । यी दुबै मेचीनगरमा पहिलोपटक समुदायमा संक्रमण देखिएका १५ वर्षीय फुटबल खेलाडीका दिदी र भाइ हुन् ।साउन २४ गते धुलाबारीमा समुदायस्तरका १०२ जना व्यक्तिको स्वाव परीक्षण गरिएको थियो । त्यही नमुनाबाट ४ जनामा कोरोना पुष्टि भएको हो । मेचीनगरमा अहिले सम्म कोरोना संक्रमितको संख्या एकसय पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button