आम्दा मेची अस्पताल बन्द
लक्ष्मी उप्रेती
२८ साउन २०७७
मेचीनगर ⁄ मेचीनगर नगरपालिकाले आफ्नोक्षेत्रभित्र सातदिनका लागि लकडाउनको घोषणा गरेको छ । बुधबार एकैपटक समुदाय स्तरमा एक चिकित्सकसहित चारजनामा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण फेला परेपछि श्रावण २८ गते रातको १२ बजेदेखि २०७७ भाद्र ३ गते रातको १२ वजेसम्म संक्रामक रोग ऐन, २०२० को दफा २ अनुसार लकडाउन घोषणा गरिएको नगरप्रमुख विमल आचार्यले जानकारी दिनुभयो।
बुधबार दिउसो नगरपालिकाको नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलले नगरका विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख प्रतिनिधि सुरक्षाकर्मीसँग छलफल गरी लकडाउन घोषणा गरेको हो । कार्यदलका संयोजक एवमु नगरप्रमुख आचार्यले जानकारी दिनुभयो ।
मेचीनगर नगरपालिका क्षेत्रमा नगरपालिकाको तर्फबाट समुदायस्तरमा कोभिड १९ संक्रमणको परीक्षण भै रहेका बखत श्रावण २४ गते भएको परीक्षणमा थप ४ जनामा कोभिड १९ को संक्रमण देखिएको हुदाँ समुदायस्तरमा पीसीसआर परीक्षणको दायरा वढाई समुदायलाई सुरक्षित राख्न यस मेचीनगर नगरपालिका क्षेत्र भित्र श्रावण २८ गते रातको १२बजेदेखि २०७७ भाद्र ३ गते रातको १२ वजेसम्म संक्रामक रोग ऐन, २०२० को दफा २ अनुसार लकडाउन घोषणा गरिएको उहाँको भनाई छ ।
मेचीनगर भित्रका अत्यावश्यक सेवा वाहेकका सवै प्रकारका उद्योग, व्यवसाय, सेवा, शैक्षिक संस्था,कार्यालय, व्यापार, होटल, पसल र सपिङ मल वन्द गर्ने ,मेचीनगर भित्र अत्यावश्यक र मालवाहक वाहेकका सवै सवारी साधन सञ्चालन नगर्ने , मेचीनगर नगरवासीहरु अत्यावश्यक काममा देखि वाहेक आ–आफ्नो घरभित्रै सुरक्षित रुपमा वस्ने, सामाजिक दुरी कायम गरी कृषि कार्य गर्न सक्ने , धार्मिक, सांस्कृतिक र अन्य मृत्यू संस्कार लगायतका कार्यमा भिडभाड नगर्ने र मलामीमा अधिकतम २५ जनामात्र सहभागि हुन सक्ने, विशेष कार्यका लागि प्रयोग गरिने साधन पालिकाले उपलब्ध गराएको पास लिएर चलाउन सकिने, वित्तिय संस्थाहरुको हकमा नेपाल सरकारले तोकेको मापदण्ड वमोजिम संचालन गर्ने, डेरी, खाद्यन्न तथा सागसब्जी पसल पूर्ण स्वास्थ्य सुरक्षण विधि अवलम्वन गरी विहान ८ वजे देखि विहान १० वजेसम्म मात्र संचालन गर्ने तथा अस्पताल र अन्य स्वास्थ्य सेवासँग सम्वन्धित क्षेत्र नियमित सञ्चालन नगरउपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।
आम्दा मेची अस्पताल बन्द
झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालको सवै सेवा बुधबारदेखि बन्द गरिएको छ । अस्पतालमा कार्यरत एकजना चिकित्सकमा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण फेला परेपछि उपचारका सवै सेवा बन्द गरिएको हो । हाल ती चिकित्सकलाई व्यवस्थितरुपमा अस्पतालकै अलग कोठामा राखिएको छ ।
नगरपालिकाले विगत १० दिनअघिदेखि आम्दा अस्पतालमा पुगेर उपचार गराउनेहरुको पहिचान गरी पीसीआर परीक्षणका लागि नमूना संकलन गर्ने बताईएको छ ।
झापाको मेचीनगर नगरपालिकामा चिकित्सकहित दोस्रोपटक समुदायमा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण फेला परेको छ । केहीदिन अघि मेचीनगर—१० धुलावारी बजारका १५ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको थियो ।
त्यस लगत्तै संक्रमित युवाका परिवार सहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकाष्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका लागि १ सय २ जनाको थ्रोड स्वावको नमूना संकलन गरिएको थियो ।
मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले समुदायस्तरमा गएको शनिवार नमूना संकलन गरी परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको थियो । ती मध्ये मेचीनगर १० स्थित आम्दा मेची अस्पताल धुलावारीमा कार्यरत एक चिकित्सकसहित चारजनामा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण फेला परेको सामाजिक विकास समिति संयोजक नवीन बरालले जानकारी दिनुभयो । वरालका अनुसार मेचीनगर ७ का एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
उनी नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् । यस अघि संक्रमित देखिएका मेचीनगर १० का १५ वर्षीय किशोरका परिवारका २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी विदामा घर आएका हुन् । बाकी ५ जनाको रिपोट आउन बाकी छ ।
बुधबार पुष्टिभएका ४ जना सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ । चिकित्सक सहित समुदायस्तरमा एकै पटक ४ जनामा कोरोना संक्रमण देखिए पछि आगामी रणनीति बनाउन मेचीनगर नगरपालिको नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलले नगरका विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख प्रतिनिधि सुरक्षाकर्मिसँग छलफल गरेको कार्यदलका संयोजक एवम् नगरप्रमुख विमल आचार्यले जानकारी दिनुभयो ।
यसअघि समुदायमा कोभिड १९ को सक्रमण देखापरेपछि नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलको सम्पन्न बैठकले नगरका ९ र १० का सबै क्षेत्रमा हिडडुलमा समेत कडाइ गरिएको थियो
साथै बुधबार नगरप्रमुख आचार्य,उपप्रमुख उप्रेती, सामाजिक विकास समिति संयोजक नवीन वराल, नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत, अनन्तप्रकाश वस्ती, खाद्य अधिकृत दीपेन्द्र कार्की, कार्यपालिका सदस्य कृष्ण कनाल, वडाध्यक्ष सुदय पनेरु नगरसदस्यसहित अन्य जनप्रतिनिधिहरु, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेल इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक कैलास चौधरीसहितको टोलीले आम्दा अस्पताल धाइजनस्थित आइसोलेसन, तथा बुधबार संक्रमण फेला परेकाहरुको घरमा पुगेर स्थलगत निरीक्षण गरेको थियो । नगरप्रमुख आचार्यका अनुसार संक्रमण फेला परेकाहरुकासँग सम्पर्कमा आएका र अन्य शंकाष्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका थ्रोड स्वावको नमूना संकलन गरिने छ ।



