कृषि र किसान

भारतीय फूलको आयात रोक्न माग

ललितपुर। पुष्प व्यवसायीहरुले भारतीय फूल तथा फूलजन्य वस्तुको आयात रोक्न गर्न माग गरेका छन्। कोभिड–१९ महामारीका कारण नेपाली पुष्प व्यवसायमा परेको प्रभाव न्यूनीकरण गर्न तथा स्थानीय फूलको प्रवर्द्धन गर्न भारतबाट हुने फूलको आयात रोक्नुपर्ने व्यवसायीको माग छ।

‘‘कोरोना भाइरसको कारण नेपाली पुष्प व्यवसायमा परेको असरलाई हालको अवस्थामा स्थानीय पुष्प उत्पादन र उत्पादकलाई संरक्षण गर्न यस संस्थाले पहल गरिरहेको छ,’’ फ्लोरिकल्चर एशोसिएसन नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘‘बजार मागअनुसार फूल उत्पादन वृद्धिका लागि उत्पादकहरूलाई फूलको उत्पादन विस्तारका लागि अपिल गरिएको र त्यस अनुसार उत्पादन बजारमा आइरहेको छ।’’

केही व्यापारीहरूले भारतीय बजारबाट पुष्प तथा पुष्पजन्य वस्तुको आयात गरी बिक्री वितरण गर्दै नेपाली उत्पादनलाई हतोत्साहित गरिरहेको भन्दै एशोसिएसनले तत्काल भारतबाट हुने आयात बन्द गर्न सरोकारवालासँग माग गरेको छ। ‘‘नेपाल सरकारको सम्बन्धित सरोकारवाला निकाय तथा विभिन्न भन्सार नाकामा अवस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयहरूले पुष्प तथा पुष्पजन्य वस्तुको आयातलाई निरूत्साहित गरी स्थानीय उत्पादनको संरक्षण र बजारीकरणका लागि सहयोग गरिदिन सबैमा अपिल गर्दछौं,’’ एसोसिसनका अध्यक्ष कुमार कसजु श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।krishipatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button