“घरज्वाईंलाई हैन आफ्नो सदस्यलाई प्रश्रय दिऔं”
अलिक अगाडि फेसबुकमा एउटा तस्बिर सेयर भएको थियो ज्वाई खाना भन्ने। नितान्त व्यापारिक प्रयोजनकोलागि गरिएको त्यो विज्ञापनले स्वभाविक रुपमा ग्राहकहरुलाई आकर्षण गरेकै कारण समाजिक सञ्जालमा पनि धेरैको चासोको विषय बन्न पुग्यो।
नेपालका सबै जातजातिको त हैन तर राज्यको केन्द्रीय तहमा बाहुल्य रहेको जातिको साँस्कृतिक अवस्थालाई प्रतिनिधित्व गरेर त्यो रेस्टुराँमा खानाको मेनु तयार पारेको देखियो। विभिन्न ६ प्रकारका ज्वाईँलाई विभाजनगरि त्यहि किसिमका मूल्य र भेराईटी राख्ने व्यापारिक पोलिसीलाई गज्जब मान्नुपर्छ।
ज्वाईं साहेब खाना १६५
मित ज्वाईं खाना २५५
भाञ्जी ज्वाईं खाना २९५
छोरी ज्वाईं खाना ३२५
बहिनी ज्वाईं खाना ३३५
ज्वाईं राजा खाना ४३५
बाहुन क्षत्री समुदायमा ज्वाई शब्द छोरी या बहिनीको श्रीमान् मात्रैसंग सम्बन्धित छैन, समाजमा रवाफिताको अनुपम नमुना पनि हो। ज्वाईले ससुरालीमा देखाउने रवाफ र ससुरालीले ज्वाईलाई गर्ने सम्मान अलि आडम्बर युक्त र ढोंगी पनि हो। भलै यो प्रचलन हिजोआज कमै मात्र देख्न पाईन्छ।
हाम्रो समाजमा आँफू दुःखि भएपनि पाहुना आएका ज्वाईँलाई मिठो मसिनो खुवाउने अनि अत्यन्तै मान सम्मान इज्यत दिने प्रचलन रहि आएको छ। संगै आएकी छोरीलाई आफूले जे खाने हैसियत छ त्यहीं नै खुवाउने गरिन्छ त्यसैले त “कहिले माइत जाम्ला…र, खाम्ला” भन्ने उखान स्थापित भएको। यसका आ–आफ्नै गुणदोष रहेका छन्। सामान्य अवस्थामा ज्वाईंलाई घरैमा राखेर लामो समय पालिदैन अर्थात ज्वाईं लामो समय ससुराली बस्दैनन्। घरज्वाई पाल्नुपर्दा गाह्रो भएकाले नै होला “…घरज्वाईलाई खानैको धन्दा” भन्ने उखान पनि चर्चित पाईन्छ। अझ विदेशी ज्वाई भइदिइको भए नेपालीलाई के–के हुन्थ्यो होला?
म ज्वाईंको समाजशास्त्रीय व्याख्यानतिर नलागी म यसको व्यवहारिकता तिर लाग्छु। अधिकाँश निर्वाहमूखी प्रणाली अवलम्बन गरेको नेपाली कृषि क्षेत्रमा हिजोआज थोरैथोरै परिवर्तनको बाछिटाहरु देखिन थालेका छन्।अझ सामाजिक सञ्जालको लोकप्रियतासंगै विदेशमा पसिना बगाईरहेका आम नेपाली दाजुभाई दिदीबहिनी नेपालमा आएर व्यवसायिक कृषिमा होमिन खोज्नु असाध्यै राम्री कुरो हो।
घाँसमा आधारित पेशा हुनु, देशको भौगोलिक अवस्था र बजारमा अत्याधिक माग विदेशी खसीबोकाले धानिरहेको बाख्रापालनमा झन् अहिले धेरैजसोको चासो रहेको छ। हामी युट्युबमा यो वा त्यो फर्मले बाख्रापालनबाट यति कमाइ गरे उति कमाई गरे भन्ने भिडियो लाईक र सेयर भइरहेका हुन्छन् अनि जातजातका र थरीथरीका बाख्राका तस्बिरहरुले भरिएका सामाजिक सञ्जालहरु देख्दा यस्तो लाग्छ नेपालमा बाख्राको उत्पादन अहिलेको कोरोनाको व्यापकता जस्तै बढिरहेको छ।
विश्व व्यवस्था र भुमण्डलिकरणको वर्तमान अवस्थामा मान्छेले चाहेको व्यवपार व्यवसाय गरि खान पाउनुपर्छ। व्यापार पुजीँवादको प्रमुख हिस्सा हो। वजारको मागमा आधारित रहेर नै अस्ट्रेलिया लगायतका देशहरुबाट नेपालमा बोर बाख्राहरु आयात भइरहेका छन्। यसमा पाठी भन्दा पाठाहरुको संख्या बढि रहेको छ। यसरी आयात भएका बोर बाख्राहरु सामान्य कृषकको पहुचमा छैनन्।
अझ पछिल्लो समय व्यापकता पाएको बोयर भनिने बोर बाख्रा त झन यति चर्चित भइदियो कि अरु बाख्रा त बाख्रा नै हैनन् बोरको तुलनामा भन्ने देखियो। वृद्धिदर राम्रो, हेर्दा आकर्षक सेतो शरीर, जुम्ल्याहा पाउने अनि तराई तथा पहाडमा हुर्कन सक्ने यो बाख्राको माग बजारमा अत्याधिक छ। तर विगत एक दशकदेखि बाख्रा जुन प्रायोजनको लागि पालिन्छ त्यो प्रायोजनकोलागि बोर बाख्रा बिक्री भएको भने पटक्कै हैने।
नियमित अस्ट्रेलियाबाट आयात गरिएको नेपालका विभिन्न फार्महरुमा व्यापकता पाईरहेको बोर बाख्राको बाख्रा अनुसन्धान केन्द्र बन्दिपुरले अनुसन्धान गरिरहेको छ। तर आफुलाई बोरको ज्ञाता÷मसिहा नै ठान्ने आयातकर्ता तथा ठूला लगानीकर्ताहरु यसको मूल्य अनमोल रहेको बताईरहदा सबै यसको पछि दौडिरहेको दृष्टान्त हामीसामु छर्लङ्गै छ।कृषकहरुलाई वास्तविक कुरो बताउन नपाउदै स्यालले कुखुरो टिपेर दौडेको शैलीमा दलालको पछाडी कुद्दा समस्याहरु देखिन थालेका छन्। सुरुका केहि वर्ष केहि नयाँ खोज गर्ने कृषकहरुले आयात गरि पालन गर्दा यसको वृद्धिदर र वजन देखेर हौसिएपछि नै बजारमा आयातकर्ताहरु थपिएको पाईन्छ।
विश्व व्यवस्था र भुमण्डलिकरणको वर्तमान अवस्थामा मान्छेले चाहेको व्यवपार व्यवसाय गरि खान पाउनुपर्छ। व्यापार पुजीँवादको प्रमुख हिस्सा हो। वजारको मागमा आधारित रहेर नै अस्ट्रेलिया लगायतका देशहरुबाट नेपालमा बोर बाख्राहरु आयात भइरहेका छन्। यसमा पाठी भन्दा पाठाहरुको संख्या बढि रहेको छ। यसरी आयात भएका बोर बाख्राहरु सामान्य कृषकको पहुचमा छैनन्।
सामान्य ५०० रुपैया प्रतिकेजी बाख्रा बेचिरहेको कृषकले ५ हजार प्रतिकेजीको माउ तथा बोका किनेर कतिमा मासु बेच्ने? हिजो मासु खान विदेशिएको पैसा फेरि अर्को उद्देश्यको लागि विदेशिरहेको छ।विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाहरुले देशका विभिन्न स्थानमा बोरका बोकाहरु वितरण गरिरहेका छन्। अभिलेख प्रणाली कमजोर भएको हाम्रो समाजमा कहाँ कति बोका वितरण गरिए तिनको उत्पादन कति छ त्यो बाड्नु अघि र पछि आम कृषकको जिवनस्तरमा के कति परिवर्तन आयो यसको लेखाजोखा कसले गर्ने?
एक प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालमा आयात गरिएका ८५ बोकाहरुमध्ये २६ वटा बाउ र २४ वटा हजुरबाउका सन्तान भएको पाईएको छ। अझ तिनका जिबा अझ थोरै रहेकाले ति बोकाहरु नेपालको जुनसुकै कुनामा लगेको भएपनि आगामी दिनमा बोर बाख्रामा हुने हाडनाता प्रजनन्लाई रोक्न कसरी सकिन्छ?
आम कृषकहरुले नेपालमा पालिरहेका विभिन्न जातका बाख्रा मध्ये नेपालको रैथाने जात खरि अनत्यान्तै लोकप्रिय बाख्रा हो। छिटो बढ्ने जसरी पालदा पनि हुने २ वटा पाठापाठी जन्माउने २ वर्षमा ३ पटक ब्याउने आदि कारणले यो लोकप्रिय बनेको हो। परिवारको गर्जो टार्न देखि चाडवाड मनाउनका साथै आर्थिक उन्नतीको आधारसम्म बनेको बाख्रापालन व्यवसायको मेरुदण्ड खरी बाख्रा रहि आएको छ।
ठूलो लगानी गरेर कृषक भएका, बिचमा बोर जातलाई धेरै मुल्यमा बेचिरहेका कृषकहरु तथा दलालहरुले सामाजिक सञ्जालमा भनेझै बोरबाख्रा दिनमै ५०० ग्राम बढ्ने हैन्। बाख्रा अनुसन्धान केन्द्र बन्दिपुरको रेकर्ड अनुसार एक वर्षमा ५० प्रतिशत बोर (प्रतिदिन पाठा १०७.०९ र पाठी ९९.४२ ग्राम) दैनिक बढेको पाईन्छ भने १०० प्रतिशत बोर प्रतिदित पाठा १३९.२ र पाठी ११४.०८ ग्राम बढेको पाइन्छ। जब कि स्थानीय खरी बाख्रा समेत ५७.८३ ग्राम प्रतिदिन बढेको अभिलेखमा देखिन्छ।
आम कृषकहरुले नेपालमा पालिरहेका विभिन्न जातका बाख्रा मध्ये नेपालको रैथाने जात खरि अनत्यान्तै लोकप्रिय बाख्रा हो। छिटो बढ्ने जसरी पालदा पनि हुने २ वटा पाठापाठी जन्माउने २ वर्षमा ३ पटक ब्याउने आदि कारणले यो लोकप्रिय बनेको हो। परिवारको गर्जो टार्न देखि चाडवाड मनाउनका साथै आर्थिक उन्नतीको आधारसम्म बनेको बाख्रापालन व्यवसायको मेरुदण्ड खरी बाख्रा रहि आएको छ।
अब भने त्यो विस्तारै फेरिदै गईरहेको पाईन्छ। हाडनाता प्रजनन्, कमजोर व्यवस्थापन, आन्तरक तथा बाह्य परजीवी आदि कारणले हाम्रा स्थानीय बाख्राहरु आफ्नो क्षमता अनुसारको बढेको र आर्थिक विकासमा अगाडि बढेको पाईदैन तर आधुनिकता बोकेको समाजमा ज्वाईं राजा तरिकाले बसेर त्यहिं मेनु जसरी खाना खाएर गलैचामा बसेको घरज्वाई र सल्लबल्ल खाएर गुन्द्रीमा पल्टिने ससुरालीलाई एउटै डालोमा राखेर सोलोडोलो हिसाब गर्दा कति सान्दर्भिक होला?
त्ययसैले आम कृषक दाजुभाई दिदीबहिनीहरु बोर बाख्राको बा ५ लाख हालेर ल्याए पनि त्यसको मासु बेच्ने ५०० मै हो। अझ संसारको ट्रेण्ड हेदा बोरको मासु अन्य खसीको तुलनामा सस्तो हुने समेत बताइन्छ। हामीले त्यसको प्रतिफल उठाउने कसरी? सधै ज्वाई भनेर त्यसको पछाडी दौडिरहदा हामीले आफ्नो घरको सदस्यलाई पनि सम्हाल्न खोज्ने हो कि?
लेखक भिमाद नगरपालिकाका कृषि प्राविधिक हुन्।halokhaba/from,२०७७ श्रावण २०



