
६ भदौ, २०७७
रामपुर। बगनासकाली गाउँपालिका १ माडीफाँटका कृषक एकदेव पाण्डेय खुर्सानीले बजार नपाउँदा समस्यामा परेका छन् । खुर्सानी बेचेर २ लाखभन्दा बढी आम्दानी हुने अनुमान गरिए पनि यस पटक बजार मूल्य नहुँदा सस्तोमा विक्री गर्नुपरेको उनी गुनासो गर्छन् ।
उनले करीब साढे दुई रोपनी जग्गामा खुर्सानी लगाएका छन् । अघिल्लो वर्ष प्रतिकिलो रू। ९० देखि १०० मा खुर्सानी विक्री गरेका पाण्डेयले यस पटक मुस्किलले रू. २० देखि रु २५ मा बेच्नु पर्दा कृषकलाई सित्तैमा बेच्नु सरह जस्तै भएको बताए ।



