मूल खबर

आम्दा मेचीका एकजना चिकित्सक सहित ४ जना संक्रमण मुक्त

७ भदौ २०७७
मेचीनगर ।
झापाको मेचीनगरबाट आईतवार एकजना चिकित्सकसहित चारजना नोवल कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट मुक्त भएका छन् ।
कोभिड १९को संक्रमणबाट मुक्त हुनेहरुमा मेचीनगर वडा नम्वर १० मा रहेको आम्दा मेची अस्पताल धुलावारीमा कार्यरत २९ वर्षीय एक पुरूष चिकित्सकसहित वडा नम्वर १० कै ६० र २४ वर्षीया एक एक महिला र सोहि वडाका १३ वर्षीय किशोर रहेका छन् ।
उनीहरू १ नम्वर प्रदेश सरकारको अनुदानमा नगरको ११ नम्वर वडामा नगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड १९ आईसोईसोलेसन सेन्टरबाट डिस्चार्ज भएका हुन्।


उनीहरूलाई आईईसोलेसन सेन्टरका प्रमुख सविता निरौला, नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडानम्वर ४ का वडाध्यक्ष नवीन बराल, वडा नम्वर ११ का वडाध्यक्ष सन्तोष मेचेले फूलका सहित गुच्छा डिस्चार्ज सर्टिफिकेट प्रदान गरेर विदाई गरेको मेचीनगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए । यसअघि उनीहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएका कारण कोभिड १९ र्आईसोलेसनमा राखिएको थियो । भदौ ५ गते गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सुरक्षित तथा व्यवस्थितरूपमा होम क्वारेन्टाइनमा बस्ने गरि चारजनालाई डिस्चार्ज गरिएको संयोजक बरालले बताए । मेचीगनर क्षेत्रमा या ेसँगै नगरमा कोभिड १९ लाई जितेर घर फर्किनेको संख्या ९६ पुगेको छ ।
मेचीनगरमा संक्रमितको संख्या १ सय ६ जना रहेको र बाकीको विभिन्न कोभिड अस्पतालमा उपचार भईरहेको छ । डिस्चार्ज भएर जानुअघि सवैलाई होम क्वारेन्टाइन, रोगका बारेमा आईईसोलेसन प्रमुख निरौला प्रशिक्षण प्रदान गरेका थिए ।
डिस्चार्ज भएकाहरूले आफुहरु आईसोलेसन सेन्टरमा बस्दाका अनुभव सुनाउदै नगरपालिकाप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button