मूल खबर

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३२,६७८ पुग्यो

८ भदौ २०७७

ललितपुर । नेपालमा पछिल्लो २४ घन्टामा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्न्। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ हजार ७६८ जना पुगेको छ।

काठमाडौं उपत्यकामा माात्र आज २२४ जना संक्रमित थपिएका छन्।

प्राप्त जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार ८०६ उपचारपछि निको भएका छन्।नेपालमा अहिले सम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button