मूल खबर

कम्युनिष्टका कारण लोकतन्त्र धरापमा परेको काँग्रेस नेता सिटौलाको आरोप

८ भदौ २०७७

बिर्तामोड । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारमा रहेको कम्युनिष्टहरुको गतिविधिले लोकतन्त्र धरापमा पर्ने खतरा बढेको आरोप लगाउँदै देश र लोकतन्त्रको रक्षाका खातिर छरिएर रहेका सबै लोकतन्त्रवादीलाई नेपाली काँग्रेसमा समाहित हुन अपिल गरेकाछन् ।

नेपाली काँग्रेस झापाद्वारा आज (आईतवार) जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सिटौलाले कम्युनिष्टले चुनाव जितेर सत्तामा गएपछि देशमा भ्रष्टाचार बढेको र जनता झन् पीडित बन्नु परेको आरोप समेत लगाए ।

नेता सिटौलाले कम्युनिष्ट पार्टीका नेताको सुख, समृद्धि नै देश र जनताको समृद्धि ठान्ने कम्युनिष्टहरुको भ्रम जालबाट जनता र राष्ट्रलाई मुक्त गराउन सबै प्रजातन्त्रवादीहरु एक ठाउँमा उभिनुको बिकल्प नरहेको पनि बताए ।
देशमा जनता हिजो भन्दा आज झन् पीडित बन्दै गएको, किसानले धानमा हाल्ने रसायनिक मल नपाएको, बैदेशिक रोजगारीमा गएका श्रमिकहरु स्वदेश फिर्न चाहँदा सरकारबाटै ठगिनु परेको बताउँदै सिटौलाले गरीब किसानलाई धानमा हाल्ने मल छैन, चुलो बाल्ने चामल छैन तर सरकारमा रहेकाहरु जो आफुलाई सर्वहारकाको सरकार भन्छनत् उनीहरु देश लुट्न व्यस्त छन् ।,
उनले बिश्वमा सकिएका कम्युनिष्टहरु नेपालमा बढे जनताले उनीहरुको एकलौटी सरकार पनि देखे, भोगे अब कुरा बुझ्दै गएका छन् भन्नुहुदै सिटौलाले अबको दुनियामा अधिनायकवाद असम्भव रहेकोले जनताले लोकतन्त्रवादीलाई नै स्थापित गर्ने दावी समेत गरेका थिए ।
लोकतन्त्रको भविश्य संसरमा सुरक्षित रहेको हुँदा नयाँ प्रवेश गर्ने कार्यकर्ताहरुलाई निश्चिन्त रहेर संगठन निर्माणमा सहभागी हुन नेता सिटौलाले आव्हान पनि गरेका थिए । समावेशी लोकतन्त्र नेपाली काँग्रेसको नीत भएको बताउँदै क्षमता र योग्यताका आधारमा सवैलाई अवसर उपलब्ध हुने नेता सिटौलाले बताए ।
त्यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीले तीस वर्षअघि आफूपनि राप्रपामा रहेको बताउँदै नेपाली काँग्रेसमा लागेर सांसद्, मन्त्री र केन्द्रीय सदस्य भएको उदाहरण प्रस्तुत गर्दै पार्टीमा निष्ठा र अनुशासनमा रहेर क्रियाशिल रहे नेपाली काँग्रेसमा नयाँ र पुरानो भनेर कुनै विभेद नहुने बताए ।

नेता बुढाथोकीले अहिले देश कम्युनिष्ट र लोकतन्त्रवादी दुई ध्रुवमा तीब्र ध्रुविकरण भइरहेको बताउँदै सबै लोकतन्त्रवादीहरुलाई नेपाली काँग्रेसको बिशाल रुखको छहारीमा गोलवद्ध हुन आग्रहगरेका थिए । आफू उहाँले राप्रपामा हुँदा सँगै काम गरेका साथीभाईलाई ढिलै भएपनि नेपाली काँग्रेसमा देख्न पाउँदा आफूलाई ज्यादै खुसी लागेको भनाई राखेका थिए ।
अर्का केन्द्रीय सदस्या तथा पूर्वमन्त्री सरिता प्रसाईले कम्युनिष्टहरुले प्रजातन्त्रको कुरा गरेपनि उनीहरु नक्कली प्रजातन्त्रवादी रहेको भनाई राख्दै जनताले अब नक्कलीलाई होइन, सक्कली प्रजातन्त्रवादीलाई रोज्ने बताईन् ।
नव प्रवेशी कार्यकर्ताहरुलाई शुभकामना दिनुहुदै केहीदिन अघि काँग्रेस प्रवेश गर्नुभएका नेता दिलिप राईले प्रजातन्त्रवादीहरुको मूलधार नेपाली काँग्रेस मात्र रहेको र अरुले यो धारको नेतृत्व गर्नसक्ने अवस्था नरहेकोले कम्युनिष्टहरुको अधिनायकवादी सोच र गतिविधिबाट लोकतन्त्र जोगाउन आफूहरु नेपाली काँग्रेसमा प्रवेश गरेको बताए ।


अझैपनि सानो, सानो झुण्डमा प्रजातन्त्रवादीहरु अल्मलिइरहेको बताउँदै नेता राईले ती सबै लोकतन्त्रवादीलाई संगठित गर्न नेपाली काँग्रेसले अगुवाई गर्नुपर्नेमा जोड दिएका थिए । कम्युनिष्टहरु व्यक्तिगत स्वार्थका लागि एक ठाउँमा उभिएको बेला देश र जनताको हितका खातिर लोकतन्त्रवादीहरु सबै एकठाँउमा गोलवद्ध हुने हो भने नेपालमा कम्युनिष्टहरु आफैं किनारा लाग्नेपनि नेता राईले बताए ।
राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनको केन्द्रीय महामन्त्री पद त्यागेर काँग्रेस प्रवेश गर्नुभएका बिद्यार्थी नेता रविन्द्र ढुङ्गानाले प्रजान्त्रवादी युवा बिद्यार्थीहरुको भविश्य थ्रेसहोल्ड नकटाउने राप्रपामा बसेर सुरक्षित हुन नसक्ने भनाई राख्दै सबैलाई नेपाली काँग्रेसमा आवद्ध हुन आग्रह गरेका थिए ।
नेपाली काँग्रेस झापाका सभापति उद्वव थापाले काँग्रेसको सदस्य भएपछि पार्टीभित्र सबैको समान हक, अधिकार रहने भनाई राख्दै काँग्रेसमा नयाँ र पुरानो भन्दा क्षमता, योग्यता र क्रियाशिलताका आधारमा जिम्ेवारीको अवसर बाँडफाड हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button