१० भदौ २०७७
ललितपुर ।
बु्धबार थप ८८५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्राप्त जानकारी अनुसार गत २४ घण्टामा १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् ।अहिले सम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ भने १९ हजार ५०४ जना घर निको भई फर्किएका छन् ।



