१२ भदौ २०७७
बिर्तामोड । कोरोना भाइरस संक्रमित झापाका एक बृद्धको मृत्यु भएको छ।प्राप्त जानकारी अनुसार झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय बृद्धको मृत्यु भएको बताइएको छ ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।



