मूल खबर

पहिरोले घर पुर्दा एकै परिवारका चारसहित १० जनाको मृत्यु

काठमाडौँ : कालीकोटको तिलागुफा वडा नं. १ नाग्मका चार घर पहिरोले भत्काउँदा १० जनाको मृत्यु भएको छ  । मृत्यु हुनेमा एकै परिवारका ४ जना परेका छन् । पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० जनाको शव फेलापरेको समाचारमा जनाइएको छ ।
पहिरोले पुर्दा २ जना बेपत्ता भएको र उनीहरूको अवस्था थाहा हुन नसकेको समाचारमा जनाइएको छ । घटनास्थलबाट उद्धार गरिएका २ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको समाचारमा जनाइएको छ ।
प्रहरीका अनुसार मृत्यु हुने एकै परिवारका ४ जनामध्ये शुभकालिका गाउँपालिका ७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएकाहरू छन् । त्यस्तै मृत्यु हुनेमा ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका निराजन र डेढ महिनाका अक्कल रहेका छन् ।
यसैगरी सुर्खेतको भेरीगङ्गा १० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकार रहेका छन् ।२०७७, १५ भाद्र ,  ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button