

जी एन शर्मा
कविता
भोकाहरुका लागि तिमी भोकै भयौ
हेपिएकाहरुका निम्ति तिमीले मृत्युलाई स्विकार ग¥यौ
असमानताका बिरुद्ध उठेको तिम्रो आवाज सधै बाँचिरहने छ
अर्थात इब्रू तिमी मरेकी छैनौ
लास त तिनीहरु हुन् जसले तिम्रो आवाजलाई सुनेनन्
मरेका त ति तिनीहरु हुन् जसले तिम्रो निष्ठालाई चिनेनन्
ईब्रु तिमी मरेकी छेनौ, हेर त सात समुन्द टाढाबाट पनि म तिमीसँग बोलिरहेको छु
इब्रु तिम्तिक
दुनियाँका लाखौँ उत्पीडित अहिले तिमीसँगै छन्, तिमीलाई सलाम गरिरहेकाछन्
तिमी हामीसँगै छौ चिहानमा त तिनीहरु पो थिए त जसले तिम्रो जिउँदो सत्यतालाई बुझेनन्
तिमी कहिल्यै मरेकी हुन्नौ किनभने इब्रु तिम्तिकहरु निरन्तर जन्मिरहेका हुन्छन्
तिनीहरु पो मरेका हुन्छन् त जो जन आवाजलाई मारेर बाँचेको संझन्छन्
इब्रु तिमी हामीसँगै छौ अनि हामी र तिमीसँगै हुनेछौ
हेर त सात समुन्द्र दुरबाट पनि म तिमीसँग बोली रहेको छु
तिम्रो नजिक भएर नतमस्तक बनेर तिमीलाई सलाम गरिरहेको छु


