
१७ भदौ २०७७
मेचीनगर । झापाको काँकरभिट्टामा होटल क्वारेन्टिनमा बसेका तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको भदौ १४ गते पिसिआर परिक्षणका लागि पठाईएको थियो भने पिसिआरको रिपोट आज बुधवार आएको बताईएको छ । काँकरभिट्टामा होटल क्वारेन्टिन बनाईएका तीन फरक होटलमा उनीहरु बसेको होटल ब्यवसायीसंघ काँकरभिट्टा अध्यक्ष गोपाल श्रेष्ठले बताए ।
होटल क्वारेन्टिनमा बसेका उनीहरुको पिसिआर परिक्षणका लागि भदौ १४ गते धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको थियो । बुधबार उनीहरुको रिपोट पोजेटिभ देखिएपछि मेचीनगरपालिका धाईजनमा रहेको आइसोलेसन वार्डमा पठाईएको श्रेष्ठले बताए ।



