
गजल
पुर्णिामाको जून होकि ? रुपनै हाँसेकि हौ प्रीया।
परी पो नाँचेकि हुन किरुतिमी नाँचेकि हौ प्रीया।।
देखिन्छेउ एकान्तमा आज भोलि किन अनायसै
मुटु दिने बहानामा छुरा घोप्दै बाँचेकि हौ प्रीया।।
बादल पोखि शितल दिदै ताप सबै मैले लिएँ
बदलामा त मन पो चाल्दै जाँचेकि हौ प्रीया।।
तृष्णा सहँदै दुस्ख लिदै आँशु मैले पिउँदा पनि
चुँडदिन फुल भन्दै किन? बिचैमा भाँचेकि हौ प्रीया।।
रहला कि शिखरहरु ? सदाबहार एकैनाशले
जवानीका फुल झार्दै जोवन कसलाई ?साँच्यौ प्रीया।



