खबर

मेचीनगरका लेखा अधिकृत कार्कीको चुनौती

३ असोज २०७७
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका लेखा अधिकृत पदमबहादुर कार्कीले सामाजिक सञ्चालमार्फत आफुले कानूनको परिपालना गरेको बताएकाछन् । केही दिन यता उनी माथि कानून बिपरित आफ्नो ग्रेड अनुसारको तलब भत्ता नखाएर बढि लिएको आरोप लागेको थियो ।

केही दिन अघि अधिकृत कार्कीले कानून बमोजिम पाउने भन्दा बढी ग्रेड बापतको रकम खाएको भन्दै बढी भएको रकम फिर्ता गर्न पत्र समेत काटिएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङले हस्ताक्षर गरेको पत्रमा लेखा अधिकृत कार्कीले खाँदै आएको ग्रेड कानून बमोजिम बढी देखिएकाले उक्त ग्रेड बापतको बढी हुन गएको रकम नगरपालिकामा दाखिला गर्न भनेको छ ।

यस बिषयमा केही दिन मौन जस्ता देखिएका लेखा अधिकृत कार्कीले सामाजिक सञ्जाल मार्फत आफुले कानूनको परिपालन गरेको र आफ्नो कुनै काम गैर कानूनी नभएको जिकिर गरेकाछन् ।सामाजिक सञ्जाल मार्फत उनको यो धारणा आएपछि चौतारी पोष्ट अनलाइनको जिज्ञासमा कार्कीले आफुले कुनै गैर कानूनी काम गर्दै नगरेको र यदि गरेको भए प्रमाणित गर्न चुनौती समेत दिएकाछन् । लेखा अधिकृत कार्कीले भने—‘ मैले कहाँ गैर कानूनी काम गरेको छु रु हल्ला गरेर मात्र हुन्छ रु प्रमाणित गर्न सक्नु प¥यो नि ’ । उनले आफुले खाएको ग्रेड र तलब पुर्णरुपमा कानूनसम्मत भएको बताए । कार्कीलेभने मेरा बारेमा जे जस्ता भ्रम फैल्याउने काम भयो त्यसमा कुनै तुक छैन ,‘म अधिकृतस्तर आठौंमा बढुवा भएको होइन समायोजन ऐन बमोजिम सोही तहमा समायोजन मात्र भएको हो त्यसैले मैले साबिक देखि खाइपाई आएको तलब र ग्रेडको निरन्तरता मात्रै हो ।’

साबिकदेखि खाइपाइ आएको सेवा सुविधा कहिले नघट्ने हुनाले पनि आफुले खाएको ग्रेड कानुन बमोजिम भएको लेखा अधिकृत कार्कीको जिकिर रहेको छ । उनले आफु जस्तै समायोजन भएका अन्य कार्यालयका आफु समान कर्मचारीको तलब र ग्रेड पनि आफुले अध्ययन गरेकाले कानून सम्मत भएको कार्कीको जिकिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button