सृजनाको चौतारी

मिली बाँचौ नेपाली

कविता
माथि शिरमा टलटल टल्कने हिमालको स्वच्छ पानी
निलो ताल अनि पोखरी रमणीय छन् प्रकृतिका खानी
तराईका खेतमा लहलहाइ चम्कने अन्नका छन भकारी
बेँसीका फाँट फलफूल मिठा फल्दछन ताजा तरकारी ।

मेरो देशको चमक मिठो पहाड पाखा छन् उज्यालो
हरिया वन छन रनघन सुरम्य छागा झरना छन नौलो
नेपालीहरूको हँसिलो मुहार दिन्छन मिठो मुस्कान
गुम्बा मन्दिर चर्च मस्जिदहरूले मेटाइदिन्छन थकान ।

भाषाका भित्र छन अनेकता यहाँ पाइन्छन् मिठोपन
भेषका अनेकता देखेर मन यो फुरूङ्ग हुन्छ झन्झन
पुर्खाको इतिहास पढेर छाती यो आनन्दमा फुल्दछ
हिमाल हाँसेर पहाड खुल्दिदा तराईमा धान झुल्दछ ।

गीतमा मोहनी सारंगी मादल अनेक छन लोकभाका
रीतमा रमाइला रिवाजहरू छन रमाइला छन पाखा
गर्व छ खुशी छौँ हामी यही माटोमा चन्द्रसूर्य उचाली
परिश्रम गरेर नवरत्न जोडेर लौ मिली बाँचौ नेपाली ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button