स्वास्थ्य

बुद्धराजको उपचारमा सहयोग गर्न आग्रह

६ असोज २०७७

काँकरभिट्टा । दुवै मिर्गौला फेल भएका विर्तामोड नगरपालिका वडा नं।–६ का बुद्धराज लिम्बूले उपचारमा सहयोग गर्न आग्रह गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च अभाव भएकाले खर्च जुटाउन नसक्दा उपचारबाटै बञ्चित हुनुपरेको उनले बताए ।
दुवै मिर्गौला अस्वस्थ्य भएपछि गत असारदेखि थला परेका ३५ वर्षीय बुद्धराजको उपचार खर्च जुटाउन बुद्धराज लिम्बू बचाउ अभियान सञ्चालन गरिएको छ ।
रोहित लिम्बूको संयोजकत्वमा गठित समितिले झण्डै एकमहिनाको अवधीमा नौलाख बढी रुपैयाँ सहयोग जुटाएपनि उपचारका लागि सो रकम पर्याप्त नहुनेभएपछि अभियान संचालन गर्नु परेको अभियानका संयोजक रोहित लिम्बूले सहयोगका लागि अपिल गरेका छन् ।
दुई सन्तानका बाबु बुद्धराजलाई उनकी श्रीमती पिङ्कीले मिर्गौला दिने भएपनि ट्रान्सप्लान्ट गर्नु पहिले र त्यसपछि लाग्ने खर्चका लागि पीडित र अभियानका संयोजक दुवैले सहयोगका लागि अपिल गरेका हुन् ।
बुद्धराजको हाल विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा डाइलाइसिस भइरहेको बताइएको छ । कमजोर आर्थिक अवस्था भएका बुद्धराजको नियमित डाइलाइसिस पनि संकलित रकमबाट हुँदै आएको अभियानकी कोषाध्यक्ष फुलमाया शेर्पाले बताउनु भयो । उनको उपचारमा लगभग ३० लाख रुपैयाँ लाग्ने चिकित्सकको भनाई उद्धृत गर्दै बुद्धराजले बताएका छन् ।
सहयोग गर्नका लागि विर्तामोड स्थित गरिमा विकास बैंक लिमिटेडमा रहेको खाता नं।–०५२०१९००८३६७७००००००१ मा रकम जम्मा गर्न सकिनेछ भने सहयोग गर्नका लागि ९८१५९०४९४४ र ९९८२४३९३४००–मा सम्पर्क गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button