
७ असोज २०७७
होमराज राई
दमक । नेपाली खीष्टियन नागरिक संघको ५औ केन्द्रीय साधारण सभा सम्पन्न भएको छ ।झापाको कमल गाउँपालिका स्थित केर्खामा सम्पन्न सो साधारण सभाले नयाँ समिति समेत गठन गरेको छ ।नव गठित उक्त समितिमा अध्यक्ष हरिकुमार थापा मगर, उपाध्यक्ष केशरबहादुर श्रेष्ठ , सचीव रबिन राई , उप सचिव चन्द्र बहादुर राई र कोषाध्यक्ष आरती तामाङ रहेएको छ भने सदस्यहरुमा किरण कुमार धिमाल ,कृष्ण मुर्मु ,जानुकादेवी आचार्य र मौलबहादुर खम्बु राई रहेकाछन् । साधारण सभाले संरक्षक समिति समेत गठन गरेको छ उक्त समितिमा निवर्तमान अध्यक्ष टिकाराम आचार्य,उपाध्यक्ष शत्रुधन सिन्हा, सचिब गोबिन्द प्रधान, हरि राई, भुपु केन्दीय उपाध्यक्ष लालबहादुर गजमेर, , शिवराज धिमाल ,निरबाहादुर बिश्वकर्म , राजबिर राई ,र खडग नारायण श्रेष्ठ चयन गरिएको छ भने लेखा समितिमा शामुएल राई , डा. निमा राई र प्रिस्किला बराइली रहेकाछन् ।
उक्त केन्द्रीय समितिको चयन पछि नव गठित केन्द्रीय अध्यक्ष हरि कुमार थापा मगरको अध्यक्षतामा जिल्ला समिति समेत गठन भएको छ समितिमा अध्यक्ष सन्तोष ठटाल शामेल, उपाध्यक्ष मौल बाहादुर राई, सचिव शामुएल राई, सह सचिव कल्पना बराइली, कोषाध्यक्ष शान्ती राई रहेकाछन् भने सदस्यहरुमा शान्ति राई, मदन मगर ,मदन राई र देबिप्रसाद खरेल रहेकाछन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष टिकाराम आचार्यले नवगठित समितिलाई सम्बोधन गर्दै बधाई तथा शुभकामना दिएका थिए ।



